२०८० माघ ७ गते १२:०१ विकासन्युज
काठमाडौं । नेपाल टेलिकमको सञ्चालक समितिको अध्यक्षमा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । गत पुस २४ गतेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त अध्यक्ष सुवेदीले पुस २६ गते गोपनीयता र इमान्दारीताको सपथ लिएका हुन् ।
यसअघि टेलिकमको पूर्व पदाधिकारी कृष्ण बहादुर राउत थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.