२०८० माघ ९ गते १६:३६ विकासन्युज
काठमाडौं । अब भिजिट भिसामा विदेश जान स्वघोषणा फारम भर्नुपर्ने भएको छ । नेपालीले विभिन्न ६ वटा देशमा जानको लागि अध्यागमन विभागमा स्वघोषणा फारम बुझाउनु पर्ने भएको हो ।
नयाँ व्यवस्था अनुसार नेपालीले संयुक्त अरब ईमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा घुम्न जान उक्त फारम भर्नुपर्ने भएको हो । जुन आगामी माघ १० गते अर्थात बुधबारदेखि नै लागू हुने छ ।
उक्त फारमसँगै विदेश जान इच्छुकले विभिन्न कागजातहरु संलग्न गर्नुपर्ने हुन्छ । जसका लागि सम्बन्धित देशमा कम्तीमा ६ महिना म्याद भएको राहदानी अनिवार्य हुनुपर्नेछ । त्यस्तै, गन्तव्य देशको भिसा र दुईतर्फी हवाई टिकट भएको समेत स्वघोषणा गर्नुपर्ने बताइएको छ ।
साथै, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत उल्लेख गर्नु पर्नेछ ।
त्यस्तै, कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण नगद वा डेबिट/क्रेडिट कार्ड) र सो नभएमा सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र पनि चाहिने बताइएको छ भने भ्रमण बाहेक अन्य क्रियाकलापमा संलग्न हुने छैन भनि समेत घोषणा गर्नुपर्ने नयाँ व्यवस्था छ ।
यसअघि गृह मन्त्रालयले सचिवस्तरीय निर्णयबाट २०७८ फागुन २५ मा भिजिट वा पर्यटकीय भिसामा जानका लागि कडा मापदण्ड तय गरेको थियो । उक्त मापदण्ड खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि जारी गरिएको हो ।
यस्तो छ नयाँ कार्यविधि
Copyright © 2025 Bikash Media Pvt. Ltd.