सरकारले हाइड्रोजनलाई वैकल्पिक उर्जाको रुपमा विकास गर्ने (हाइड्रोजन नीति पूर्णपाठ)

  २०८० माघ १० गते १७:५०     विकासन्युज

काठमाडौं । सरकारले हाइड्रोजन उर्जालाई वैकल्पिक उर्जाको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । हाइड्रोजन नीति, २०८० पारित गर्दै सरकारले उर्जा क्षेत्रमा हाइड्रोजन नीति, २०८० लाई वैकल्पिक उर्जाको रुपमा प्रयोग गरी दिगो आर्थिक वृद्धिमार्फत आर्थिक समृद्धि हासिल गर्ने सोच प्रस्तुत गरेको छ ।

सरकारले पारित गरेको नीतिअनुसार जलविद्युतलगायत नवीकरयणीय उर्जा स्रोतमार्फत हाइड्रोजवन उत्पादन र उपयोगलाई प्रवद्र्धन गरी देशको अर्थतन्त्रलाई सबल, सुरक्षित र आत्मनिर्भर बनाउने लक्ष्य सरकारले लिएको छ ।

पेट्रोलियम पदार्थमाथिको परानिर्भरतालाई घटाउने र ग्रीन हाइड्रोजनको उपयोग गरी रासायनिक मल उत्पादनलगायत अन्य औद्योगिकीकरणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको नीतिमा उल्लेख गरिएको छ ।

नीतिमार्फत सरकारले हाइड्रोजन उर्जा विकासको लागि आवश्यक कानून निर्माण गर्ने, हाइड्रोजन र यसको सहउत्पादन गर्ने उद्योगहरुको स्थापना र लगानी प्रवद्र्धनलाई प्रोत्साहन गर्ने लगायतका रणनीतिहरु अगाडि सारेको छ ।

पछिल्लो समयमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजन इन्धनको विषयमा अनुसन्धान गर्दै आएको छ । साथै विश्वविद्यालयले परीक्षणकै लागि दक्षिण कोरियाबाट हाइड्रोजन कार समेत खरिद गरेर ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.