गुडविल फाइनान्सको अध्यक्षमा दिलीप मुनकर्मी, सञ्चालकमा तीन जना निर्वाचित

  २०८० माघ १५ गते १८:०९     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको अध्यक्षमा दिलीप कुमार मुनकर्मी निर्वाचित भएका छन् । सोमबार सम्पन्न कम्पनीको २९औं वार्षिक साधारण सभाबाट नवनियुक्त सञ्चालकसहित बसेको पहिलो बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष मुनाकर्मी सेयर बजारका विश्लेषक समेत हुन् ।

उक्त सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गरेको छ । जसमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ सञ्चालकमा चयन भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.