राष्ट्रपति पौडेलबाट केन्याको गैरआवासीय नेपाली राजदूत पदमा तामाङ नियुक्त

  २०८० माघ १६ गते १७:१३     विकासन्युज

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र केन्या र गणतन्त्र बोत्सवानाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  तामाङलाई गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् ।