२०८० माघ २० गते १०:४० विकासन्युज
एजेन्सी । इराकले जनवरीमा १०३ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ ।
इराकले जनवरीमा १०३.५ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो । जसबाट ८.०२५ बिलियन अमेरिकी डलर राजस्व जम्मा भएको छ । जनवरीमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ७७.५३ डलर थियो । मन्त्रालयले स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको प्रारम्भिक तथ्याङ्कलाई उदृत गर्दै बताएको छ ।
मध्य र दक्षिणी इराकका तेल क्षेत्रहरूबाट बसराको बन्दरगाहबाट करिव १० करोड ब्यारेल र उत्तरी प्रान्त निनेवेहको कय्यारा तेल क्षेत्रबाट करिव १० लाख ब्यारेल निर्यात गरिएको थियो भने यस महिनामा ४ लाख ६४ हजार ३०६ ब्यारेल छिमेकी जोर्डनमा पठाइएको थियो । इराकको अर्थतन्त्र कच्चा तेलको निर्यातमा धेरै निर्भर छ । जसले देशको राजश्वको ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.