२०८० माघ २१ गते १३:२१ विकासन्युज
काठमाडौं । क्यामरुन सरकारले इन्धनको मूल्य बढाएको छ ।
शनिबारदेखि लागू हुने गरेर सरकारले इन्धनको मूल्य बढाएको हो । प्रधानमन्त्री कार्यालयका महासचिव सेराफिन म्याग्लोइर फौडाले यसबारेमा जानकारी दिएका हुन् । प्रतिलिटर १.२१ अमेरिकी डलरबाट १.३९ अमेरिकी डलर सम्मको मूल्य बढाएको हो ।
राज्यले सामना गरिरहेको बढ्दो बजेटको अवरोधलाई आत्मसाथ गर्न र देशको बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा दबाब हुन नदिन मूल्यवृद्धि गरिएको बताए । मूल्यवृद्धिसँगै निजामती कर्मचारीको आधारभूत तलब ५ प्रतिशतले बढाइने र सडक यातायात क्षेत्रमा लाग्ने ‘निश्चित’ कर तथा भन्सार महसुल घटाइने अधिकारीहरूले बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.