फरवार्ड माइक्रोफाइनान्सद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

  २०८० फागुन ५ गते १०:४४     विकासन्युज

रौतहट । सामाजिक उत्तरदायित्वअन्तर्गत फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । फरवार्ड माइक्रोफाइनान्सले रौतहट जिल्लाको कटहरियामा आँखा, कान र दाँत सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

शिविरमा ३०० जना बिरामीको आँखा, कान र दाँतको स्वास्थ्य जाँच भएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा निःशुल्क औषधी समेत बितरण गरिएको थियो भने, अस्पतालमा थप उपचार र शल्यक्रियामा पनि बिशेष छुट दिइने भनिएको छ ।

प्रकाशजित आई हस्पिटल तथा नर्सिङ होम प्रालिको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा लघुवित्त महिला सदस्यहरुसँगै सो क्षेत्रका स्थानीयहरुको आँखा, कान र दाँतको स्वास्थ्य जाँच गरिएको थियो ।