२०८० फागुन ८ गते ११:५० विकासन्युज
काठमाडौं । अब नेपालका नागरिकले सजिलै भारतीय सीम कार्ड पाउने भएका छन् । भारतले कानुन नै संशोधन गरेर नेपाली नागरिकलाई सजिलै सीम कार्ड दिने व्यवस्था गरेको हो ।
यससँगै अब नेपालीले देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र लगायत विभिन्न कागजातको आधारमा सीम कार्ड उपलब्ध गराउने भएको हो । पहिलो प्राविधिक कारणले पाइँदैन थियो ।
यसअघि पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड वितरण गरिने व्यवस्था थियो । राजदुतावासले औपचारिक अनुरोध गरेको केही सातामै भारतले उक्त निर्णय गरेको नेपाली दूतावासले बताएको छ ।
त्यस्तै, उक्त सीम कार्ड तीन महिनाका लागि मात्र सक्रिय हुने र त्यसपछि नवीकरण गर्नुपर्ने बताइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.