२०८० फागुन १२ गते १६:०४ विकासन्युज
काठमाडौं । यदि तपाईं कुनै पनि काम गर्न दृढ हुनुहुन्छ र सक्दो प्रयास गर्नुहुन्छ भने पक्कै सफलता पाउनुहुने छ।
संसारका धेरैजसो मानिसले आफ्नो पढाइ पूरा गरेपछि राम्रो जागिर पाउने सपना देख्छन् । विदेशमा जागिर छ र तलब राम्रो छ भने कसैले छाड्न चाहँदैनन् ।
तर, त्यस्ता केही व्यक्तिहरू हुन्छन् जसले आफ्नो स्टार्टअप सुरु गर्न उत्कृष्ट सेवा सुविधाको जागिर छाड्न पनि हिचकिचाउँदैनन् ।
भारतकी आहाना गौतमले स्टार्टअप सुरु गर्न आकर्षक तलबसहितको जागिर छाडेकी छिन् । राजस्थान भरतपुरकी ३० वर्षीया आहानाले आफ्नै स्टार्टअप सुरु गर्न जागिर छाडेकी थिइन् ।
आज उनले आफ्नो मिहिनेतका आधारमा १ अर्बको भारु मूल्यांकनको कम्पनी बनाएकी छन् । अहिले उनी भारतीय व्यापार जगतमा चर्चित बनेकी छिन् ।
सन् २०१० मा आहानाले आईआईटी बम्बेबाट केमिकल इन्जिनियरिङमा बीटेक डिग्री हासिल गरेकी थिइन् र त्यसपछि हार्वर्ड बिजनेस स्कुलबाट एमबीए गरेकी थिइन् । राम्रो प्याकेज लिएर अमेरिकामा काम गरेकी उनी जागिर छाडेर भारत आइन् ।
यो स्टार्टअप सुरु गर्नुअघि आहानाले धेरै एफएमसीजी कम्पनीहरूमा काम गरेकी थिइन् ।
त्यहाँ काम गर्ने क्रममा उनले परिष्कृत चिनी, पिठो, कृत्रिम रङ र स्वादले भरिएको जंक फूडबारे थाहा पाएकी थिइन् । तिनै खानेकुराहरूबाट उनलाई जंक फूड फ्री स्न्याक्सको आइडिया आयो ।
सन् २०१९ मा भारत आएपछि आहानाले ‘ओपन सेक्रेट’ नामक आफ्नो स्टार्टअप सुरु गरिन्, जसले स्न्याक्स उत्पादन र बिक्री गर्छ।
उनको कम्पनी ओपन सेक्रेट धेरै सफल भएको छ । तीन वर्षमा यो १ अर्बबराबर कारोबार भएको कम्पनी बन्यो ।
एनबीटीको समाचार अनुसार युवा उद्यमी बनेकी आहानाले धेरै अवार्ड र सम्मान पाइसकेकी छिन् ।
उनले फोर्ब्स इन्डिया ३० अन्डर ३०, ईटी ४० अन्डर ४०, बिजनेस टुडे ४० अन्डर ४० सूचीमा पनि स्थान बनाएकी छिन् । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.