गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको सञ्चालकमा राजभण्डारी नियुक्त

  २०८० फागुन २१ गते ११:४७     विकासन्युज

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको सञ्चालकमा रिमेश बहादुर राजभण्डारी नियुक्त भएका छन् ।

फागुन २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।