२०८० फागुन २२ गते १५:०८ विकासन्युज
हालैका वर्षहरूमा हनोईलाई बारम्बार विश्वको सबैभन्दा प्रदूषित सहरमा सूचीबद्ध गरिएको छ । आंशिकरूपमा व्यापक निर्माण र प्रत्येक दिन राजधानीमा ठूलो सङ्ख्यामा मोटरसाइकल र कारहरूबाट हुने उत्सर्जनलाई यसको प्रमुख कारक मानिएको छ । त्यस्तै उत्तरमा कोइला खानीबाट हुने कार्बन उत्सर्जन र कषि जलनले समस्या थप बढेको छ ।
‘पछिल्ला केही दिनमा हावाको गुणस्तर अत्यन्त खराब भएकाले बाहिर निस्कँदा मैले मास्क लगाउनुपरेको छ’, कार्यालयका कर्मचारी गुयेन मिन्ह हुआङले भने, ‘सास फेर्न कठिन छ, मलाई बारम्बार हाछ्युँ आएकाले बाहिर निस्कने समयलाई सीमित गर्नुपरेको छ ।’
उच्च आद्र्रताले बाक्लो कुहिरोले हनोईलाई ढाकेर वायु प्रदूषणमा भएको वृद्धिले दृश्यता कम हुँदा गत महिना दर्जनौँ उडान प्रभावित भएका थिए । मौसम पूर्वानुमानकर्ताहरूले विशेषरूपमा भियतनामको उत्तरपूर्वी पहाडी क्षेत्रहमा बाक्लो धुवाँको नियमित चेतावनी जारी गरेका छन् ।
वायु प्रदूषणमा विश्व बैंकको पछिल्लो प्रतिवेनमा हनोईमा ४० प्रतिशत मानिस विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दिशानिर्देशहरूभन्दा करिब पाँच गुणा धेरै सघनताको सम्पर्कमा रहेको उल्लेख छ । वायु प्रदूषणको जोखिमसँग स्ट्रोक, हृदय रोग र फोक्सोको क्यान्सरजस्ता गम्भीर स्वास्थ्य जोडिएका डब्लुएचओले बताएको छ । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.