२०८० फागुन २९ गते ११:५३ विकासन्युज
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा जीवन खनाल नियुक्त भएका छन् ।
फागुन २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृत खनाललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
खनाललाई फागुन २७ गतेबाट नै लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको हो ।
तत्कालीन स्वावलम्वन विकास केन्द्रमा २०६३ सालमा ट्रेनि एसिस्टेन्टबाट करिअर सुरु गरेका खनालसँग सिभिल लघुवित्त (हाल हिमालयन लघुवित्त), स्वदेशी लघुवित्त गरी लघुवित्त क्षेत्रमा करिब २ दशक काम गरेको अनुभव छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.