‘अलिबाबा’ ले दक्षिण कोरियामा १ अर्ब १ करोड डलर लगानी गर्ने

  २०८० चैत १ गते १२:५१     विकासन्युज


चिनियाँ ई–कमर्स कम्पनी अलिबाबा समूहले आगामी तीन वर्षमा दक्षिण कोरियामा एक अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको छ ।

दक्षिण कोरियाको योन्हप समाचार एजेन्सीका अनुसार अलिबाबाले दक्षिण कोरियामा आफ्नो व्यवसाय विस्तार गर्न आगामी तीन वर्षमा १ अर्ब १ करोड डलर लगानी गर्ने योजना बनाएको छ ।

अलिबाबाले यस वर्ष कोरियामा १८ हजार वर्ग मिटरको लजिस्टिक सेन्टर निर्माण गर्न २० करोड डलर खर्च गर्ने योजना बनाएको छ ।

अलिबाबाले हालै दक्षिण कोरिया सरकारलाई लगानी योजना बुझाएको छ ।

यस्तै, अलीबाबले सानो र मध्यम आकारका दक्षिण कोरियाली कम्पनीहरूलाई आफ्नो सामान बेच्न १० करोड डलर खर्च गर्नेछ ।

दक्षिण कोरियामा उपभोक्ताको बढ्दो गुनासोको बारेमा अलिबाबाको ई–कमर्स प्लेटफर्म ‘अली एक्सप्रेस’ ले अध्ययन गरिरहेको छ । अध्ययनपछि उपभोक्ताको मन जित्ने क्षेत्रमा लगानी लगाउने तयारी छ । एजेन्सीकाे सहयाेगमा