२०८० चैत ७ गते ९:३० विकासन्युज
बंगलादेश । बंगलादेशको पहिलो समुन्द्री भूमि एकीकृत तेल भण्डारण र यातायात प्रणाली व्यावसायिक सञ्चालन गरिएको छ । यो परियोजना २०१९ मा शुरु भइ नोभेम्बर २०२३ मा सम्पन्न भएको थियो ।
चिनियाँ सरकारले उपलब्ध गराएको अधिमान्य ऋण, एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइनाले वित्तपोषण गरेको र चाइना पेट्रोलियम पाइपलाइन इन्जिनियरिङ कम्पनी लिमिटेडले सञ्चालन गरेको थियो । यस परियोजनाले १ लाख टन तेल ट्याङ्करहरूको लागि तेल अनलोडिङ र ढुवानी समय ११ दिनबाट लगभग ४८ घण्टामा घटाउनेछ । जसले प्रत्येक वर्ष कच्चा तेलको ढुवानीमा १२८ मिलियन अमेरिकी डलर बचत गर्नेछ ।
यो परियोजनाले अधिक कच्चा तेल आपूर्ति गर्न सबै सहयोग प्रदान गर्ने परियोजना प्रवन्धक सुन बिजुनले बताए । यसले अनलोडिङ प्रणालीलाई अझ प्रभावकारी बनाउने उनको विश्वास छ । यसले लागत घटाउने विश्वास लिइएके छ । यो एक धेरै वातावरण मैत्री परियोजना हुने बताइएको छ ।
यो परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत बंगलादेशमा शुरु गरिएको तेल र ग्यास भण्डारण र यातायात परियोजनाहरूको पहिलो ब्याच हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.