२०८० चैत ९ गते १३:४२ विकासन्युज
काठमाडौं । अस्ट्रेलियामा क्रेडिट कार्ड जालसाजी बढ्दै गएको छ । पीडितहरूले २०२२-२०२३ मा अर्बौं डलर गुमाएको आधिकारिक तथ्याङ्कले खुलासा गरेको हो ।
अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) द्वारा जारी गरिएको तथ्याङ्कअनुसार जुन २०२३ को अन्त्यदेखि १२ महिनामा १५ वर्ष र त्यो भन्दा माथिका १.८ मिलियन अस्ट्रेलियालीहरू कार्ड ठगीको शिकार भएका छन् । त्यो संख्याले १५ वर्षभन्दा माथिको जनसंख्याको ८.७ प्रतिशत प्रतिनिधित्व गर्दछ । जुन २०२१-२२ मा ८.१ प्रतिशत र २०२०-२१ मा ६.९ प्रतिशत थियो ।
कुल मिलाएर कार्ड ठगीको अनुभव गर्ने अष्ट्रेलियालीहरूले २०२२-२३ मा २.२ बिलियन अस्ट्रेलियन डलर (१.४ बिलियन अमेरिकी डलर) गुमाए । एक तिहाइ पीडितहरूले १०० अस्ट्रेलियाली डलरभन्दा कम गुमाए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.