अमेरिकामा दूध बेच्दै भारतको अमूल

  २०८० चैत १३ गते १८:२१     विकासन्युज

काठमाडौं । भारतको अग्रणी डेरी कम्पनी अमूलले व्यापारको संसारमा अर्को सफलता हात पारेको छ ।

भारतीय मूलको यो कम्पनीले अब अमेरिकामा दूधको व्यापार गर्ने भएको छ । अमूलले अमेरिकामा ताजा दूध उत्पादन सुरु गर्ने योजना बनाएको छ ।

जसका लागि गुजरातको यो कम्पनीले मिशिगन मिल्क प्रोड्युसर एसोसिएसन ९एमएमपीए० सँग अमेरिकाको पूर्वी तट र मध्यपश्चिमी बजारहरूमा ताजा दूध बेच्नका लागि सम्झौता गरेको छ ।

गुजरात कोअपरेटिभ मिल्क मार्केटिङ फेडेरेसनका प्रबन्ध निर्देशक जयन मेहताले अमूलले अमेरिकामा ताजा दूध उत्पादन लन्च गर्ने जानकारी दिन पाउँदा खुसी लागेको बताए ।

उनले अमेरिकाको १ सय ८ वर्ष पुरानो डेरी सहकारीसँग सम्झौता गरेको बताए । मिशिगन दूध उत्पादक संघसँग सम्झौता मार्च २८ मा आयोजित वार्षिक बैठकमा घोषणा गरिएको थियो ।

अमूल मिल्क भारत बाहिर र अमेरिका जस्ता बजारमा प्रवेश गर्न लागेको यो पहिलो पटक हो । यसको मूल्य पनि राम्रो हुने मेहताले बताए ।

अमूलले अमेरिकामा अमूल ब्रान्डअन्तर्गत एक ग्यालन (३.८ लिटर) र आधा ग्यालन (१.९ लिटर) प्याकमा ताजा दूधको चेन लन्च गर्ने छ ।

यसमा ६ प्रतिशत दूध फ्याट भएको अमूल गोल्ड, ४।५ प्रतिशत दूध फ्याट भएको अमूल शक्ति, ३ प्रतिशत दूध फ्याट भएको अमूल फ्रेस र २ प्रतिशत दूध फ्याट भएको अमूल स्लिम समावेश छ ।

भारतमा अमुल ताजा ५ सय मिलिलिटर (एमएल) को २७ रुपैयाँ, १ सय ८० एमएलको १० रुपैयाँ, एक लिटरको ५४ रुपैयाँ, २ लिटरको १ सय ८ रुपैयाँ र ६ लिटरको ३ सय २४ रुपैयाँमा बिक्री भइरहेको छ।

जहाँ एक लिटर अमूल गोल्डको मूल्य ६६ रुपैयाँ, ५ सय एमएलको ३३ रुपैयाँ, अमूल गोल्ड ६ लिटरको मूल्य ३ सय ९६ रुपैयाँ छ ।

त्ययस्तै अमूल गाईको दूध ५ सय एमएलको मूल्य २८ रुपैयाँ र १ लिटरको ५६ रुपैयाँ छ । जबकि अमूल ए२ भैंसीको दूध ५ सय एमएलदेखि ६ लिटरसम्मको मूल्य ३५ रुपैयाँदेखि ४ सय २० रुपैयाँसम्म रहेको छ । एजेन्सी