२०८० चैत २५ गते १६:१७ विकासन्युज
काठमाडौं । भारतको अर्थतन्त्र रकेट गतिमा बढिरहेको छ । र, योसँगै देशमा धनीहरूको संख्या पनि बढिरहेको छ । बढ्दो धन सम्पत्तिसँगै विलासिताका वस्तुतर्फ पनि मानिसको झुकाव बढ्दै गएको छ ।
गत वर्ष लक्जरी कम्पनीहरूले भारतमा रेकर्ड बिक्री गरेका थिए । सन् २०२३ मा लक्जरी कारको बिक्री २० प्रतिशतले बढेर ४२ हजार ७ सय ३१ युनिट पुगेको छ । गत वर्ष भारतमा १ सय ३ ल्याम्बोर्गिनी गाडी बिक्री भएका थिए ।
भारतमा ती गाडीको मूल्य ३ करोड ८० लाख रुपैयाँबाट सुरु हुन्छ । त्यसैगरी पोर्शले पनि गत वर्ष कीर्तिमानी बिक्री गरेको थियो
गत वर्ष ५० करोड वा सोभन्दा बढीका महँगो घर बिक्रीका लागि उत्कृष्ट थियो । त्यसैगरी भारतमा २४ करोड डलर बराबरको स्वीस घडी आयात भएको थियो ।
यी हुन् भारतीयलाई सबैभन्दा मनपर्ने लक्जरी ब्रान्डहरू
हस्पिटालिटी
हुरून इन्डिया लग्जरी कन्जुमर सर्भे २०२३ अनुसार ताज, ह्यात र मेरिअट ग्रुपका होटलहरू भारतीयहरूको मनपर्ने लक्जरी हस्पिटालिटी ब्रान्डहरू हुन् ।
ताज ग्रुप अफ होटल्स देशको सबैभन्दा ठूलो औद्योगिक घराना टाटा समूहको हो । यसका देशभरि धेरै होटलहरू छन् ।
ह्यात होटल्स कर्पोरेसन एक अमेरिकी कम्पनी हो जसको विश्वभरि धेरै होटल र रिसोर्टहरू छन् । मेरिअट पनि एक अमेरिकी कम्पनी हो जसको विश्वभरि करिब ६ सय होटलहरू छन् ।
निजी जेट
बढ्दो सम्पत्तिसँगै भारतमा निजी जेटको चलन पनि बढेको छ । देशका धेरै धनी व्यक्तिहरूसँग आफ्नै निजी जेटहरू छन् ।
भारतीयहरू विशेषगरी गल्फस्ट्रिम, बम्बार्डियर र होन्डा जेटहरू मन पराउँछन् । स्टिलका राजा लक्ष्मी निवास मित्तल, कुमार मंगलम बिर्ला, अतुल पुन्ज र केपी सिंहको गल्फस्ट्रिम जेटको स्वामित्व छ। त्यस्तै अनिल अम्बानी र गौतम सिंघानियासँग बम्बार्डियर कम्पनीको निजी जेट विमान छ ।
लक्जरी कार
जहाँसम्म लक्जरी कारहरूको सवाल छ, गत वर्ष २ करोडभन्दा बढी मूल्यका कारको बिक्रीले रेकर्ड कायम गरेको थियो । भारतीयहरूको पहिलो रोजाइ अडी, ल्याम्बोर्गिनी र एस्टन मार्टिन हुन् ।
गत वर्ष ल्याम्बोर्गिनीले भारतमा १ सय गाडी बिक्री गरेको थियो । भारतमा ती कारको मूल्य ३ करोड ८० लाख रुपैयाँबाट सुरु हुन्छ । त्यस्तै पोर्शले पनि गत वर्ष रेकर्ड बिक्री गरेको थियो । त्यस्तै, भारतमा अस्टिन मार्टिन गाडीको मूल्य पनि २ करोड ८५ लाख रुपैयाँबाट सुरु हुन्छ ।
लक्जरी स्पोर्ट्स कार
लक्जरी स्पोर्ट्स कारमा भारतीयहरूको पहिलो रोजाइ ल्याम्बोर्गिनी एभेन्टडोर हो । भारतमा यसको पेट्रोल संस्करणको मूल्य ५ करोड १ लाखदेखि ५ करोड ६२ लाख रुपैयाँसम्म रहेको छ ।
लक्जरी स्पोर्ट्स कार र एसयूभी बनाउने इटालीको प्रसिद्ध अटोमोबाइल निर्माताले सन् २०२२ मा आफ्नो एभेन्टाडोर अल्टिमे रोडस्टर लन्च गर्ने घोषणा गरेको थियो । यसले मात्र २।८ सेकेन्डमा १ सय किमी प्रतिघण्टाको गति लिन सक्छ। लम्बोर्गिनीले २०११ मा जेनेभा मोटर शोमा एभेन्टडोर लन्च गरेको थियो । त्यसबेलादेखि यो आफ्नो अद्वितीय स्टाइलको लागि विश्वव्यापी रूपमा परिचित भएको छ ।
लक्जरी एसयूभी
लक्जरी एसयूभीहरूमध्ये रोल्स रोयस कलिनन भारतीयहरूको पहिलो रोजाइ हो । यो ५ सिटर एसयूभी हो, जसको मूल्य ६ करोड ९५ लाख रुपैयाँबाट सुरु हुन्छ ।
यो ६७४९ सीसी इन्जिन र गियरबक्स विकल्पको साथ एउटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले आफ्नो कलिनन ब्ल्याक ब्याज कार २०२० मा भारतमा लन्च गरेको थियो। भारतमा यसको मूल्य ८ करोड २० लाख रुपैयाँ छ ।
लक्जरी घडी
जहाँसम्म लक्जरी घडीहरूको सवाल छ, रोलेक्स, ओमेगा र पाटेक फिलिप भारतीयहरूको पहिलो रोजाइ हुन् ।
हालै जामनगरमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहपूर्व समारोहमा अभिनेता सलमान खानले पाटेक फिलिप एक्वानॉट रेन्बो लुस मिनेट रिपीटर घडी लगाएका थिए । भारतीय रुपैयाँमा हेर्ने हो भने यसको मूल्य २२ करोडभन्दा बढी छ ।
लक्जरी गहना
गहनामा धनी भारतीयहरूको पहिलो रोजाइ लुइस भिटन, टिफनी र कार्टियर हुन् । लुइस भिटन विश्वको सबैभन्दा धनी व्यक्ति बर्नार्ड अर्नाल्टको स्वामित्वमा रहेको फ्रान्सेली ब्रान्ड हो ।
टिफनी एक प्रसिद्ध अमेरिकी लक्जरी गहना ब्रान्ड हो । कार्टियर एक फ्रान्सेली ब्रान्ड हो । हालै यसको गहनाले भारतमा पनि धेरै नाम कमाएको छ ।
फेसन
लक्जरी फेसन ब्रान्डहरूमा भारतीयहरूको पहिलो रोजाइ गुच्ची, बर्बेरी र जर्जियो अरमानी हुन् । गुच्ची एक इटालियन लक्जरी फेसन ब्रान्ड हो । यो कम्पनीले विगत धेरै वर्षदेखि भारतमा व्यापार गर्दै आएको छ ।
बर्बेरीले हालैका वर्षहरूमा भारतमा आफ्नो व्यापार द्रुत रूपमा विस्तार गरेको छ । त्यस्तै, इटालियन फेसन डिजाइनर जर्जियो अरमानीले पनि भारतका धेरै साना ठूला सहरमा स्टोर खोलेका छन् । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.