भारतले यूएईमा मात्र प्याज किन बेचिरहेको छ ?

  २०८० चैत २७ गते ९:०६     विकासन्युज

काठमाडौं । भारतले लामो समयदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाए पनि युनाइटेड अरब इमिरेट्स ९यूएई० लगायत देशमा सरकारको अनुमति लिएर प्याज पठाइँदै आइएको छ ।

अहिले विश्वभरि प्याजको भाउ बढेको भए पनि भारतबाट यस्ता देशमा सस्तोमा प्याज आपूर्ति भइरहेकाले किसान र व्यापारी आक्रोशित छन् ।

भारतीय किसानले एक किलो प्याजको १२ देखि १५ रुपैयाँ तिर्ने गरेको तर त्यही प्याज यूएई पुगेपछि यसको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ हुने निर्यातकर्ता बताउँछन् ।

प्रश्न यो छ कि प्याज निकासीमा प्रतिबन्ध छ भने सरकारले छनोट भएका देशलाई किन प्याज बेचिरहेको छ रु के भारत सरकारले अब कूटनीतिको लागि प्याज प्रयोग गरिरहेको छ ?

भारत सरकारले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि किसानहरूले यसको विरोध गर्दै आएका छन् । प्रतिबन्ध घोषणापछि महाराष्ट्रमा पनि किसानहरूले विरोध प्रदर्शन गरेका थिए ।

नासिकको लासलगाउँ, नन्दगाउँ, पिम्पलगाउँ र उमरानेमा यी विरोध प्रदर्शनहरू भएका थिए। यो क्षेत्र भारतमा प्याज उत्पादनको केन्द्र हो।

प्याज राजनीतिक रूपमा संवेदनशील बाली हो । प्याजको मूल्य समय(समयमा चुनावी मुद्दा पनि बनेको छ।

चुनावमा प्याजको सबैभन्दा प्रत्यक्ष प्रभाव सायद सन् १९९८ मा देखिएको थियो । त्यो वर्ष दिल्ली विधानसभा चुनावमा बीजेपीको पराजयमा प्याजको उच्च मूल्यको भूमिका रहेको विश्वास गरिएको थियो ।

मुलुकमा प्याज अभाव भएपछि सरकारले डिसेम्बरमा प्याज निर्यातमा रोक लगाएको थियो । गत महिना सरकारले यो प्रतिबन्ध अर्को आदेश नभएसम्म लम्ब्याएको थियो । तर, भारत सरकारले कूटनीतिक माध्यमबाट प्याजको मागलाई स्वीकार गरिरहेको छ ।

प्रतिबन्धबीच प्याज यूएई पठाइयो

द हिन्दू अखबारका अनुसार केन्द्र सरकारले मार्च १ मा यूएईमा १४ हजार ४ सय टन प्याज निर्यात गर्न अनुमति दिएको थियो ।

यससँगै सरकारले तीन महिनामा ३ हजार ६ सय टनभन्दा बढी निकासी गर्न नपाइने सर्त राखेको थियो ।

गत महिना ३ हजार टनभन्दा बढी प्याज निर्यात गर्न स्वीकृत भएको थियो । यसबाहेक वाणिज्य मन्त्रालयले गत साता यूएईलाई १० हजार टन प्याज ल्याउन छुट्टै अनुमति दिएको छ ।

निकासीमा प्रतिबन्ध लगाए पनि युएई बाहेक अन्य धेरै देशमा प्याज बेचेको खबर आएको छ ।

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार भारतले बंगलादेशलाई ५० हजार टन, भुटानमा ५ सय ५० टन, बहराइनमा ३ हजार टन र मौरिससलाई १ हजार २ सय टन प्याज निर्यात गर्न अनुमति दिएको छ ।

विश्व बजारमा सामान्यतया प्याजको मूल्य प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्म रहन्छ । तर, पछिल्ला महिनामा यूएई जस्ता प्रमुख बजारमा मूल्य प्रतिकिलो १५० रुपैयाँ पुगेको छ ।

भारत, पाकिस्तान र इजिप्टले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि यो मूल्य बढेको हो ।

द हिन्दू पत्रिकाका अनुसार हालै यूएईमा प्रतिटन ५ सयदेखि ५ सय ५० अमेरिकी डलरका दरले प्याज पठाइएको निर्यातकर्ताले जानकारी पाएका छन् ।

भारतीय रुपैयाँमा प्रतिकिलो प्याजको कुरा गर्ने हो भने ४५ देखि ५० सम्म पर्छ ।

अखबारका अनुसार भारतबाट प्याज खरिद गर्ने यूएई आयातकर्ताले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् । १० हजार टन प्याज यूएई जाँदा आयातकर्ताले करिब १० अर्ब रुपैयाँ नाफा पाउने अनुमान छ ।

प्याज खरिदकर्तालाई फाइदा

प्याजको यो निकासी राष्ट्रिय सहकारी निकासी लिमिटेड ९एनसीईएल० मार्फत मात्रै भइरहेको छ । एनसीईएल सहकारी मन्त्रालयअन्तर्गतको सरकारी स्वामित्वको संस्था हो ।

प्याज निजी क्षेत्रले निर्यात गर्दैन, एउटा सरकारले अर्को सरकारलाई निर्यात गरिरहेको छ । यस प्रक्रियामा प्याज आयात गर्ने सरकारले आयातकर्ताहरूका लागि कोटा निर्धारण गर्छ ।

त्यस्ता निकासीका लागि कृषि बजार पोर्टलमा ई(टेन्डरिङमार्फत खरिद गरिन्छ । यूएईबाट प्याज खरिदमा निजी क्षेत्रको संलग्नता रहेको पाइएको छ भने सरकारी निकाय भने यसबाट टाढै रहेको देखिन्छ ।

हर्टिकल्चर प्रोड्युस एक्सपोर्टर्स एसोसिएसनले प्याज निर्यात गर्ने र मूल्य निर्धारण गर्ने प्रक्रियाबारे सरकारसँग स्पष्टीकरण माग गरेको छ ।

राष्ट्रिय सहकारी निकासी लिमिटेडलाई पठाएको इमेलमा संघले अन्तर्राष्ट्रिय मूल्यभन्दा कममा प्याज विदेशमा बिक्री भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

पत्रिकाका अनुसार प्याज निर्यात सम्बन्धी प्रक्रिया र यसको मूल्य यसको क्षेत्राधिकार बाहिर भएकाले अन्तरमन्त्रालय समितिले निर्णय गरिरहेको एनसीईएलका अधिकारीहरूले व्यापारीहरूलाई बताएका छन् ।

प्याजको इतिहास

४ हजार वर्षअघि पनि विभिन्न परिकारमा प्याज प्रयोग गरिन्थ्यो । यो मेसोपोटेमियन कालको एक लेखमा थियो जुन पहिलो पटक १९८५ मा फ्रान्सेली पुरातत्वविद्ले पढेका थिए । अहिले विश्वका प्रायः सबै देशमा प्याज खेती गरिन्छ ।

चीन र भारतले विश्वको कुल उत्पादनको ४५ प्रतिशत (७ करोड टन) उत्पादन गर्छन् । तर, खानाको मामिलामा यी दुई विश्वका शीर्ष देशहरूमा पर्दैनन् ।

सन् २०११ को संयुक्त राष्ट्र संघको अध्ययनअनुसार लिबियाका प्रत्येक व्यक्तिले वर्षमा औसत ३३।६ किलो प्याज खाने गर्छन् ।

यसको प्रयोग विश्वका अधिकांश देशका खानामा सामान्य प्रयोग हुन्छ । यसको पछाडिको कारण प्याजको पौष्टिक तत्वलाई मानिन्छ । बीबीसी हिन्दी