नवीकरणीय ऊर्जामा २३ खर्ब लगानी गर्दै अडानी समूह

  २०८० चैत २७ गते १७:५५     विकासन्युज

काठमाडौं । भारतीय व्यापारिक घराना अडानी समूहले ठूलो लगानीको तयारी गरिरहेको छ ।

गौतम अडानीको अडानी समूहले नवीकरणीय ऊर्जा र सौर्य तथा वायु उत्पादन क्षेत्रमा २३ खर्ब रुपैयाँ लगानी गर्ने तयारी गरिरहेको छ । यो योजनाअन्तर्गत सन् २०३० सम्म लगानी गरिनेछ ।

समूहको योजना के छ ?

यो लगानी गुजरात कच्छको खावडामा रहेको अडानी समूहको सौर्य ऊर्जा र वायु ऊर्जामा उत्पादन हुने बिजुलीको क्षमता बढाइने छ ।

विद्युत उत्पादन क्षमता ३० गिगावाट पुर्‍याउने योजना बनाइएको छ । यसअघि यो क्षमता २ गिगावाट थियो । नवीकरणीय ऊर्जा कम्पनीले अदानी ग्रीन इनर्जीका लागि १५ खर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।

उर्जा क्षेत्रमा खर्बौं लगानी

अडानी न्यु इन्डस्ट्रिजले देशका विभिन्न भागमा ६ देखि ७ गिगावाट क्षमताका विभिन्न परियोजनाहरू स्थापना गर्ने भएको छ । जसका लागि ५ खर्ब रुपैयाँ खर्च हुनेछ ।

यस बाहेक अडानी न्यु इन्डस्ट्रिजले गुजरात मुन्द्रामा पवन टर्बाइन र सोलार सेलको क्षमता बढाउन करिब ३ खर्ब रुपैयाँ लगानी गर्न लागेको छ ।

अडानी ग्रीन इर्जीका प्रबन्ध निर्देशक विनित जैनले कम्पनीले आफ्नो उत्पादन क्षमता बढाउने योजना बनाएको बताए ।

यस योजना अन्तर्गत २०३० सम्ममा ४५ गिगावाट नवीकरणीय ऊर्जा उत्पादन क्षमता हासिल गर्ने लक्ष्य राखिएको छ ।

यसका लागि नवीकरणीय ऊर्जा आयोजना खावडाबाटै ३० गिगावाट क्षमता हासिल गरिने छ । यो विश्वको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा परियोजना हो ।

खावडा प्लान्टको मेगा बिजुली उत्पादन

यो प्लान्ट पेरिसभन्दा लगभग पाँच गुणा ठूलो छ । जुन लगभग ५ सय ३८ वर्ग किलोमिटरमा फैलिएको छ ।

यो प्लान्टले उच्चतम स्तरमा बिजुली उत्पादन गर्दा ८१ अर्ब युनिट बिजुली उत्पादन गर्ने क्षमता हुनेछ । यदि यसो भयो भने यो प्लान्टबाट मात्रै यति धेरै बिजुली आउनेछ कि चिली, बेल्जियम, स्विजरल्याण्ड जस्ता देशको बिजुलीको आवश्यकता सजिलै पूरा गर्न सकिन्छ ।

खावडा बाहेक अडानी समूहले तमिलनाडु र राजस्थानमा पनि यस्तै परियोजनाहरू निर्माण गर्ने तयारी गरिरहेको छ । एजेन्सी