२०८१ वैशाख १३ गते १५:५६ विकासन्युज
भारत विश्वमा मसलाको सबैभन्दा ठूलो उत्पादक, उपभोक्ता र निर्यातकर्ता हो । तर, हाल सिंगापुर र हङकङले दुई भारतीय कम्पनी भरेस्ट र एमडीएचलाई मसला उत्पादनमा प्रतिबन्ध लगाएका छन् ।
ती कम्पनीका उत्पादनमा तोकिएको सीमाभन्दा बढी विषादी ‘इथिलिन अक्साइड’ भेटिएको आरोप छ ।
सरकारले यी दुई देशमा रहेका भारतीय दूतावाससँग यस विषयमा विस्तृत प्रतिवेदन मागेको छ । साथै, यस सम्बन्धमा दुवै कम्पनीसँग विवरण माग गरिएको छ । विश्वका धेरै देशमा धेरै भारतीय खाद्य वस्तु प्रतिबन्धित छन् ।
समोसा
भारतको सबैभन्दा लोकप्रिय स्ट्रिट फूड समोसा पूर्वी अफ्रिकी देश सोमालियामा प्रतिबन्धित छ ।
सोमालियामा समोसा प्रतिबन्धित हुनुको कारण यसको त्रिकोणीय आकार हो । सोमालियाको कट्टरपन्थी इस्लामिक संगठन अल शबाबले यसलाई क्रिस्चियन धर्मको प्रतीकको रूपमा हेर्छ । यो देशमा समोसा बनाउने, किन्ने र खानेलाई पनि सजाय दिइन्छ ।
च्यवनप्राश
च्यवनप्राशलाई भारतमा औषधीका रूपमा लिइन्छ । यो धेरै प्रकारका जडीबुटी र मसलाको मिश्रण हो । तर, च्यवनप्रास क्यानडामा प्रतिबन्धित छ ।
सन् २००५ मा क्यानडा सरकारले यसलाई प्रतिबन्ध लगाएको थियो । यसमा ठूलो परिमाणमा सिसा र मरकरी भेटिएको आरोप छ ।
घिउ
भारतमा शताब्दीयौंदेखि घिउ व्यापक रूपमा प्रयोग हुँदै आएको छ तर अमेरिकामा यसलाई प्रतिबन्धित गरिएको छ। धेरै प्रतिवेदनलाई उद्धृत गर्दै अमेरिकी एफडीएले घिउले मोटोपना, हृदयाघात र उच्च रक्तचापको जोखिम बढाउने बताएको छ ।
फोर्ब्सको रिपोर्ट अनुसार सन् १९६० को दशकदेखि घिउलाई अस्वस्थकर मानिन थालिएको थियो । मुटु रोगका लागि जिम्मेवार मानिन्थ्यो । तर, पछिल्ला केही वर्षयता प्रतिबन्ध हटाउने अभियानले तीव्रता पाएको छ ।
खसखस
खसखस अथवा पोस्ता दाना अफिमको बिरुवाबाट अफिमको बीउ निकालिन्छ । धेरै देशहरूमा यो प्रतिबन्धित छ ।
यसको कारण यसमा मर्फिन र कोडिन जस्ता लागूऔषध पाइने जोखिम रहेको छ । साउदी अरब, सिंगापुर र युएईमा यसमा कडा प्रतिबन्ध छ ।
तोरीको तेल
तोरीको तेल भारतमा खाना पकाउन व्यापक रूपमा प्रयोग गरिन्छ । तर, अमेरिका र युरोपका धेरै देशमा यो प्रतिबन्धित छ ।
यसमा युरिक एसिड हुने विश्वास गरिन्छ जुन स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । धेरै मात्रामा युरिक एसिड हुँदा मुटुमा असर पर्छ र लिपिड मेटाबोलिज्ममा पनि प्रतिकूल असर पर्छ । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.