२०८१ वैशाख १४ गते १७:५१ विकासन्युज
काठमाडौं । नेपालका तीन व्यावसायिक घरानाका प्रतिनिधिहरूबीच छलफल भएको छ । नेपाली ब्राण्ड गोल्डस्टार सुजका सञ्चालकहरू विदुषी राणा र अमिरप्रताप राणा, लोमस फर्मास्युटिकल्सका प्रतिनिधि तथा युवा उद्यमी प्रणवजंग पाण्डेबीच व्यापार तथा व्यवसाय विषय केन्द्रित छलफल भएको हो ।
उनीहरुले सामूहिक रूपमा इन्टरनेशनल फर्मा कम्पनी र भ्याक्सिन उत्पादनकर्ता फाइजरका ओनर तथा प्रतिनिधि जितेन श्रेष्ठसँग पनि छलफल गरेका थिए । जहाँ मल्टिमोडल फर्मा उद्योगमा आउन सक्ने चुुनौति र अवसरका बारेमा विचारविमर्श भएको युवा उद्यमी प्रणवजंग पाण्डेले बताए । गोल्डस्टारले पनि यसअघि नेपालमा इल्डर नामक अमेरिकी औषधी कम्पनी सञ्चालन गरेको थियो, तर अहिले त्यो कम्पनी एशियन फर्मासँग गाभिएको छ ।
लोमस फर्मास्युटिकल्स नेपालको पहिलो अन्तर्राष्ट्रिय निर्यातकर्ता कम्पनी हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.