घरको कोठा र १६ विद्यार्थीबाट सुरु भएको रातो बंगाला : सबैको रोजाइ, देशकै महँगो

  २०८१ वैशाख १७ गते ११:२२     इन्द्रसरा खड्का

काठमाडौं । एकताका रातो बंगला स्कुललाई बन्द गर्ने खुब चर्चा चल्यो । बन्द गर्नकै लागि केही समूह र व्यक्ति लागे पनि । तर, यो स्कुल बन्द हुनु भन्दा पनि दिनप्रतिदिन बलियो बन्दै गयो । कुनैबेला विद्यार्थी नेताको आँखाको तारा बनेको यो स्कुलको आलचोना अहिले पनि बेलाबखत हुन्छ । कारण अति महँगो भयो ।

निजी स्कुलको खरो विद्रोह गर्ने त्यतीबेलाको माओवादीले रातो बंगाला जस्ता केही विद्यालय बन्द पनि गरेको थियो । विद्यार्थीबाट लिने शुल्कको कुरा गर्दा अहिले पनि यो स्कुल उत्तिकै महँगो स्कुलमध्ये पर्छ । यो स्कुलमा पढ्ने विद्यार्थीको मासिक शुल्क न्यून आय र कमजोर वर्गका परिवारका लागि सुनि नसक्नु छ । स्कुलका निर्देशक शान्ता दिक्षितका अनुसार विगतको तुलनामा स्कुल अहिले झन महँगो छ ।

निजी स्कुललाई कसरी बन्द गर्ने ? यसको आयु कति हो भन्ने किसिमको चर्चा बेला बखत विभिन्न समूहबाट हुन्छ पनि । तर, रातो बंगलाकी निर्देशक दिक्षित निजी विद्यालय खोलेर ठूलो धनराशी बाहिर जानबाट यो रोकिएको बताउँछिन्

मासिक ६० हजार शुल्क

रातो बंगलामा मासिक शुल्क ६० देखि ७० हजार रुपैयाँको हाराहारीमा छ । यहाँ पढ्ने सबै विद्यार्थीको शुल्क एउटै हुन्छ । कक्षाको आधारमा शुल्क फरक-फरक नभएको स्कुलले जनाएको छ । निर्देशक दिक्षितका अनुसार ३/४ वर्षका बच्चादेखि १८ वर्ष सम्मका बच्चा अथवा प्रि कक्षादेखि कक्षा १२ सम्मका विद्यार्थीको शुल्क प्रायः एउटै हुन्छ ।

‘ठूलो विद्यार्थी भन्दा सानो बालबालिकाको लागि बढी समय दिनुपर्छ,’ उनी भन्छिन्, ‘३/४ वर्षका बच्चाका लागि शिक्षकले बढी समय दिनुपर्छ, उनीहरूको ख्याल बढी राख्नुपर्छ, तीन/चार हजार तालमाथि हुन सक्छ नभए यहाँ पढ्ने सबै बालबालिकाको शुल्क एउटै हो ।’

१६ विद्यार्थीबाट विद्यालयको स्थापना

रातो बंगला स्कुल सन् १९९२ बाट सञ्चालनमा आएको हो । यो स्कुल ललितपुरको पाटन ढोकामा अवस्थित छ । १६ जना विद्यार्थीबाट सुरू भएको यो स्कुल सुरुवातमा कक्षा तीन र चारबाट पढाउन सुरु गरिएको थियो । अहिले १२ कक्षासम्म पढाइ हन्छ ।

सुरूमा शान्ताले आफ्नो घरको कोठाबाट विद्यालय सञ्चालन गरिन् । दुई कोठामा दुई कक्षा सुरु गरियो । कक्षा, ३ र कक्षा ४ का विद्यार्थीलार्ई पढाउने योजना सहित स्कुल सुरू भयो । ‘३/४ र ५ कक्षा सम्म खोल्ने योजना थियो । तर, ५ कक्षामा कोही विद्यार्थी नआउँदा ३ र ४ लाईमात्र पढाउन सुरू गरियो,’ विगत स्मरण गर्दै उनले भनिन् ।

त्यो बेला शान्ताकी छोरी पनि कक्षा ४ मा पढ्थिन् । पहिलो वर्ष कक्षा ३ मा ६ जनाा र कक्षा ४ मा ९ जना बच्चा पढ्न आएका थिए । अर्को वर्ष केजीदेखि कक्षा ५ सम्म पढाउन सुरू गरियो । बिस्तारै बच्चाहरू पनि बढ्न थाले । त्यो बेला शुल्क ५ हजार थियो । सुरूवातीमै यो विद्यालयको शुल्कको बारेमा चर्चा भएको थियो । १६ जना बच्चा पढाएर सुरू गरेको विद्यालएका अहिले करिब १ हजार ५० जना विद्यार्थी छन् ।

‘पैसा भन्दा पनि कसरी राम्रो काम गर्ने भन्ने हेतुले हिजो पनि काम गरेका थियौँ, आज पनि गरिरहेका छौं,’ उनले भनिन् ।

रातो बंगलाको परिकल्पना

शान्ता काठमाडांकै रैथाने हुन् । उनका श्रीमान त्यो बेला यूएनडीपीमा काम गर्थे । सन् १९८० मा अमेरिका गएकी उनी नेपाल फर्केर पब्लिक हेल्थमा काम गर्ने योजनामा थिइन् । उनको इच्छा डाक्टर बन्ने थियो । तर, त्यो इच्छा पुरा भएन । डाक्टर बन्न नपाए पनि पब्लिक हेल्थबाट सेवा गर्ने तयारीमा रहेकी उनको एक दिन अमेरिकाको नियोर्कबाट आएको एक शिक्षकको टोलीसँग भयो । नेपाल आएको शिक्षकको टोली उनकी छोरी पढ्ने विद्यालयको थियो । उनीहरू अमेरिकाबाट नेपाल फर्केका अभिभावकसँग भेटघाट गर्ने योजनामा थियो ।

अमेरिकाबाट नेपाल फर्केकी शान्ता आफ्नो छोरी पढाउने राम्रो स्कुल खोजिरहेकी थिइन् । त्यो बेला सुभतारा, त्रियोग र सेन्ट मेरिज प्रचलित स्कुल थिए । उनका श्रीमान दिल्ली गएर छोरीलाई पढाउन शान्तालाई सल्लाह दिन्थे । तर, उनलाई नेपालमै राम्रो स्कुलमा पढाउन मन थियो । त्यही बेला नेपाल आएकी एक शिक्षिकाले आफू रिटायर्ड भएपनि इण्डियामा स्कुल खोल्ने योजना सुनाइन् ।

शन्ताले तिनै शिक्षिकालाइ समात्दै भनिन्, ‘किन राम्रो स्कुल भारतमा खोल्ने, नेपालमा पनि राम्रो स्कुलको आवश्यकता छ, मैले आफ्नो जमिन देखाउँदै, यति जग्गा म दिन सक्छु भनेँ, नेपालमै स्कुल खोल्नुपर्छ भनेँ,’ उनले त्यो क्षण स्मरण गर्दै भनिन् ।

शान्ताले यति भनिसकेपछि त्यही दिनबाट स्कुल सञ्चालनको कुरा चल्न थाल्यो । पब्लिक हेल्थ क्षेत्रमा काम गर्ने योजना बनाएकी शान्ताको यात्रा शिक्षा क्षेत्रमा मोडियो । र, सुरू भयो रातो बंगाला स्कुलको परिकल्पना ।

यसरी जुर्यो रातो बंगला

विद्यालय सञ्चालन गर्ने योजनापछि शान्ता विद्यालयको नाम खोज्न थालिन् । उनको अधिकांश समय ल्यापटपमा नाम खोज्दै जान थाल्यो । तर, उनलाई चित्त बुझ्दो नाम भेटिएन । शान्ताका ससूराले तत्काल विद्यालय सञ्चालन गर्न घर नै प्रयोग गर्न भने । परिवार नजिकैको अर्को घरमा सर्यो । उनको घरको नाम नै रातो बंगला थियो । शान्ताले स्कुलको गतिलो नाम नभेटिरहेको बेला उनका श्रीमानले रातो बंगाला नाम राख्न सल्लाह दिए । शान्तालाई नाम मन परेको थिएन । आफुलाई चित्त बुझ्दो नाम नभेट्दा उनलाई मन नलागेपनि त्यही रातो बंगला राख्नुपर्छ भन्ने लाग्यो ।

एक दुई वर्षपछि नाम परिवर्तन गर्ने मनसायसहित रातो बंगाला राखेको स्कुल अहिलेसम्म पनि यही नामले सञ्चालन भइरहेको छ । ‘रातो बंगाला राख्नुको कारण खासै केही थिएन,’ उनी भन्छिन्, ‘हाम्रो घरलाई नै रातो बंगला भनिन्थ्यो, मैले पनि राम्रो नाम भेटिन, यो नाम यत्तिकै रह्यो ।’

देउरानी जेठानीको जोडी

शान्ताकी जेठानी मिलन दिक्षित जो अहिले त्यो स्कुलकी प्राधानाध्यापक छिन् । उनी त्यो बेला फिलिपिन्समा बस्थिन् । न्यूयोर्कबाट आएको टोलीसँग भेट्दा उनी पनि घर आएकी थिइन् । उनीहरूबीच एक किसिमको छलफल नै भयो । त्यसपछि जेठानी देउरानी मिलेर नै स्कुल सञ्चालन गर्ने योजना बनेको थियो । सुरूमा शान्ताले पढाउने काम गरिन् । विस्तारै कामसँगै जिम्मेवारी र पद पनि बढ्दै गयो ।

त्यसपछि जेठानी मिलन प्रिन्सिपल र देउरानी स्कुलको निर्देशक बनिन् । दुवैजना मिलेर अहिले रातो बंगला चलाइरहेकी छिन् । यो स्कुल १५ रोपनी जग्गामा फैलिएको छ । त्यो मध्ये धेरै जग्गा शान्ता र मिलनको आफ्नै छ ।

कसरी बन्यो महँगो स्कुल ?

रातो बंगला महँगो भयो भन्ने प्रश्न आजको होइन । पहिलेदेखि नै यो प्रश्न उठ्दै आएको छ । अहिले पनि १ महिनाको शुल्क प्रति विद्यार्थी ६० हजार छ ।

किन यति महँगो भन्ने प्रश्नमा शान्ता भन्छिन्, ‘किन महँगो भयो भन्नुभन्द्या एकछिन समय मिलाएर कक्षाहरू हेरिदिनुस्, यसरी पढाएको स्कुलले कति लिन्छ भन्ने थाहा पाउनुहुन्छ, यो स्कुल महँगो छ, अझ महँगिदै जान्छ, यसका लागि हामी अभिभावकसँग छलफल गर्छौं ।’

यो विद्यालयबाट वर्षमा १ सय ५० जना विद्यार्थी ग्राजुएट हुन्छन् । अहिलेसम्म रातो बंगलाले (सन् २००१ देखि २०२४ सम्म) २ हजार ४८१ विद्यार्थी उत्पादन गरेको छ ।

शुभतारा स्कुलजस्तै यो स्कुल बन्द हुने सम्भावना कति छ भन्ने जिज्ञासमा उनी भन्छिन्, ‘भविश्यवाणी नगरौं, अहिलेसम्म हामी जे जस्तो काम गरिरहेको छौं, यो स्कुल पुस्तौं पुस्तासम्म रहनुपर्छं, यो स्कुल पुस्तौं पुस्तासम्म रहनुपछ, चल्नुपर्छ।’

उनी यो विद्यालयका लागि लामो भिजन रहेको बताउँछिन् । रातो बंगलाको अन्य ठाउँमा पनि यस्तो स्कुल खोल्ने योजना थियो तर, भएन ।

यो वर्षदेखि रातो बंगलालाई अझै राम्रो बनाउँदै लगिने योजना स्कुलको छ । सोसियल इमोस्नल डेभलपमेन्ट भनेर काउन्सिलर राखेको छ । जसले विद्यार्थीलाई मानसिक र शारीरिकरूपमा जाँच गर्ने गरिन्छ । यो स्कुलमा भर्ना भएका विद्यार्थीलाई किताबी ज्ञानमात्र नभई अन्य शारीरिक तथा मानसिक ज्ञानको पनि शिक्षा दिइन्छ । यसले पनि नेपाली शिक्षामा रातो बंगला रोल मोडल हो ।

‘रातो बंगला साझेदारी कार्यक्रम’

द्धन्द्धकालमा महँगो स्कुलले शुल्क घटाउनुपर्छ भन्ने चर्चा चलेको थियो । विद्यालयको शुल्क हेरेर १५ देखि २५ प्रतिशत शुल्क घटाउन विद्यालयलाई पत्र नै पठायो ।

रातोबंगला २५ प्रतिशतको रेञ्जमा पुग्यो । यो पत्र पाएपछि विद्यालयले अभिभावक, सिनियर व्यक्तिसँग छलफल भयो । छलफलमा घटाउने शुल्कले एउटा कार्यक्रम बनाउने निर्णय भयो । त्यसपछि स्थापना भयो ‘रातो बंगला साझेदारी कार्यक्रम’ यो कार्यक्रममार्फत् रातो बंगलाले धादिङ, मकवानपुर, ललितपुर, म्याग्दी , दैलेख गरी पाँच जिल्लामा कार्यक्रम सञ्चालन गरेको थियो ।

अहिले पनि यो कार्यक्रममार्फत् ववभिन्न कामहरू सञ्चालन भइरहेका छन् । यसरी ठाउँ–ठाउँमा गएर प्रशिक्षण कार्यक्रम गर्दा टेर्नरको आवश्यकता प¥यो । टेर्नर उत्पादन गर्न स्कुलले अर्को संस्था रातो बंगला फाउण्डेशन कार्यक्रम थप गर्यो । फाउण्डेशनले टेर्नर उत्पादन गर्ने काम पनि गर्छ । यो फाउण्डेशनले आफैं कार्यक्रम ल्याउँछ । यो पटक दुई वटा नयाँ कार्यक्रम ल्याइएको छ ।

रमणीय वातावरण

हरियाली वातावरण, रंगिचंगी फुलहरू, प्रयाप्त खेल मैदान, झट्ट हेर्दा कुनै रमाइलो पार्क जस्तो । जहाँ विद्यालय जस्तो कोकाहल छैन । शान्त वातावरण कोही पढ्दै, कोही खेल्दै । यो दृश्यले धेरैलाई आकर्षित बनाउँछ ।

प्रि स्कुलका बच्चाहरूका लागि खेल्ने ठाउँ, मन पर्ने गुडिया । अन्य ठूला विद्यार्थीका लागि खेल्ने मैदान प्रयाप्त छ । यहाँको शिक्षण विधि पनि फरक छ । पाठ्यक्रमलाई शिक्षकले बोर्डमा उभिएर छडी देखाएर पढाइ हुँदैन । यहाँ व्यवहारिक पढाइ हुन्छ ।

जस्तै, वातावरण के हो ? कसरी स्वच्च राख्ने ? भन्ने विषयमा पढाइ गर्दा विद्यालय भित्रकै वातावरणमा गई त्यसलाई स्वछ कसरी राख्ने भन्ने प्रत्यक्ष देखाएर सिकाइन्छ । विद्यालयमा पढाइ हुने हरेक विषयको यसरी नै पढाइ हुन्छ । जहाँ विद्यार्थीले पढेका कुरा व्यवहारमा पनि लागू हुने गर्छ ।

‘पढाउनु/लेखाउनु मात्र स्कुलको काम होइन, सत्यम यसको धर्म हो, ‘उनी भन्छिन्,‘ पोजेटिभिटी, ग्रेट, सोसेल कमिटमेन्ट, लर्निङ क्रियटिभिटी लगायत ७/८ कुरामा विद्यालयले मुख्य ध्यान दिन्छ, यसका लागि विद्यार्थीलाई यो कुरा कसरी ग¥यौँ, भनेर सोध्नेसँगै विद्यार्थीलाई कसरी जान्न सक्ने बनाउने भन्ने शिक्षण विधीमा बडो जोड दिइन्छ ।’

बच्चाको विकासको चरणको अध्ययन गरेर सिकाइन्छ । २ वर्ष, ४ वर्षको १०, १६ वर्षका बच्चाहरूको रुचि के छ, उसले कसरी शिक्षक, साथीभाईसँग अन्तक्रिया गर्छ, घरबाट के कुरा सिकेर आउँछ सबैभन्दा पहिले यी कुरालाई हेरिन्छ । किनकी यी सबै कुरा महत्वपूर्ण हुन्छ । पछिको लागि पढेर डाक्टर, इन्जिनियर हुने होईन । आजैदेखि सिकाउनुपर्छ । विद्यार्थीसँगै अभिभावकलाई पनि बच्चाको अगाडि गर्न हुने र नहुने कुरा पनि सिकाइन्छ ।

विद्यालयमा पढ्न आउने बच्चाका अभिभावक डाक्टर, इन्जिनियर, सिंगर, म्युजिसियनलाई पनि कहिलेकाहीँ बोलाएर आ-आफ्नो कुरा विद्यार्थीलाई ‘सेयर’ गर्नेदेखि विद्यार्थीलाई देखाएर सिकाइन्छ । यो विद्यालयले विद्यार्थीहरूलाई सोधेर उनीहरूकै आइडियामा करिकुलम तयार पार्छ ।

२० विद्यार्थीलाई निःशुल्क शिक्षा

यो विद्यालयले प्रत्येक वर्ष २० जना पिछडिएका विद्यार्थीलाई निःशुल्क पढाइरहेको छ । उनीहरूलाई खान बस्न होस्टेलको व्यवस्था पनि गरिएको छ । विभिन्न पिछडिएका ठाउँका विद्यार्थीहरूको परीक्षा लिएर उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पढाइने गरिन्छ ।

शैक्षिक सत्र सुरू हुनुअघि नै शिक्षकहरूलाई कसरी सिकाउने, कसरी पढाउने भन्ने बारे पनि विद्यालयमा सिकाइन्छ । विगतमा धेरै जसो शिक्षकहरू सकिँदैन भन्दै फर्केर जान्थे । यो विद्यालयमा सकिँदैन भनेर बाहिरिएका शिक्षकले अन्य विद्यालयमा राम्रो गरेका धेरै अभ्यास रहेको उनी बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.