२०८१ वैशाख १८ गते ९:५२ विकासन्युज
काठमाडौं । लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई ‘डिजिटल हट एयर ओभन उपकरण’ खरिद गरी हस्तान्तरण गरेको छ । विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखालाई सो उपकरण हस्तान्तरण गरेको हो ।
प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट एयर ओभन उपकरण’ खरिद गरी हस्तान्तरण गरेको विकास बैंकले जनाएको छ ।
कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य राम चन्द्र सिग्देलले नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा सभापति डण्ड राज शर्मा पौडेल लाई उक्त उपकरण हस्तान्तरण गरे ।
सञ्चालक सिग्देलले प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला ब्यबस्थापनका लागि प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने हुनाले उक्त उपकरण खरिद गरी गरिमामय संस्थालाई सहयोग गर्न पाउनु खुशीको कुरा रहेको बताए ।
उक्त कार्यक्रममा बैंकका पोखरा स्थित शाखाकार्यालयका शाखाप्रमुखहरु लगायत नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला तर्फबाट पनि उपसभापति द्वय धर्मराज अधिकारी र उर्मिला खड्का, कोषाध्यक्ष सन्तोष अधिकारी लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिती रहको थियो ।
नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला का सभापति डण्ड राज शर्मा पौडेलले बैंकले गरेको सहयोगका लागि धन्यवाद दिंदै भविष्यमा पनि आपसी सहकार्यका लागि अपेक्षा रहेको बताए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.