नेपाल वेयरहाउजिङ्गको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त

  २०८१ वैशाख २१ गते १६:२५     विकासन्युज

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सदिक्षा श्रेष्ठ नियुक्त भएकी छन् । चैत्र २२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठ लाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसै सम्वन्धमा कम्पनीका अध्यक्ष आनन्द वगडियाले कम्पनीले प्रदान गर्ने सेवा र सुविधाको अवधारणा अधिक जनमानस सामु पुर्‍याउन श्रेष्ठको भुमिका महत्वपुर्ण रहने बताएका छन् ।

यसैगरी श्रेष्ठले सञ्चालक पदमा आफुले युवाको नेतृत्व गर्ने भएकोले गौरवान्वित महसुस गरेको बताएकी छिन् । साथै विश्वभरी कृषी क्षेत्रमा रूपान्तरण ल्याउन महत्वपुर्ण रहेको वैज्ञानिक अन्न भण्डारण र वेयरहाउस रिसिप्ट जस्ता सेवा हरू नेपाली कृषकमाझ पुर्‍याउन र नेपाली कृषी क्षेत्रको आधुनिकिकरणमा आफुले अनवरत प्रयास गर्ने विचार व्यक्त गरेकी छिन् ।