२०८१ वैशाख २२ गते ११:३९ विकासन्युज
काठमाडौं । काठमाडौं उपत्यका अव्यवस्थित रूपमा घर निर्माणले मात्र होइन अव्यवस्थित प्लटिङले पनि कुरूप छ ।
व्यवस्थित बसोबास गराउने नाममा भएको अव्यवस्थित काम रिङरोड बाहिर असरल्ल छ । पछिल्ला वर्ष घरजग्गा कारोबारमा आएको मन्दीले प्लटिङले सम्म पारेको खेतबारी मात्र होइन डाँडा र पाखा सबैलाई आएको छ ।
डोजरले खनेको र इटाले भाग लगाएको जग्गालाई प्लटिङ भन्दै बिक्री गरिन्छ । न्यूनतम पूर्वाधारसमेत नपुगेको स्थानमा प्लटिङ गरिएको छ । राजकुलोमा मापदण्डअनुसार जग्गा नछोडि जग्गा प्लटिङ गरिएको त कतै जंगल र सार्वजनिक जग्गा मिचिएको अवस्था पनि छ ।
तर, मापदण्ड नपुगिकन गरिएका प्लटिङमा पनि सरकारले कारबाही गरेको देखिँदैन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.