२०८१ वैशाख २४ गते ७:४७ विकासन्युज
काठमाडौं । अन्य क्षेत्रमा भन्दा सुनमा लगानी सुरक्षित मानिन्छ । सुनमा लगानी गर्नेमा सर्वसाधारणदेखि राज्यसम्म पर्छन् ।
मार्चमा भारतीय रिजर्भ बैंक (आरबीआई) ले करिब ५ टन सुन किन्यो । भारतमा मात्रै होइन, विश्वभरिका केन्द्रीय बैंकहरूले सुन खरिद बढाएका छन् ।
वर्ल्ड गोल्ड काउन्सिलका अनुसार टर्कीको केन्द्रीय बैंकले मार्चमा सबैभन्दा बढी १४ टन सुन खरिद गरेको थियो ।
यसबाहेक चीनको केन्द्रीय बैंकले पनि ५ टन सुन खरिद गरेको छ । अन्य ठूला खरिदकर्ताहरू काजकिस्तान र सिंगापुर हुन्, जसल ४९४ टन सुन किनेका थिए । यसबाहेक रुसले मार्चमा ३ टन सुन खरिद गरेको छ ।
विश्व अर्थतन्त्रमा युद्ध र अनिश्चितताका कारण केन्द्रीय बैंकको सुनमाथिको विश्वास बढ्दै गएको छ । बजार अस्थिरता र मुद्रास्फीतिको दबाब सामना गर्न सुनको भण्डार विशेष गरी महत्त्वपूर्ण छ ।
काउन्सिलको सुनको माग प्रवृति प्रतिवेदन अनुसार सन् २०२४ को पहिलो त्रैमासिकमा विश्वव्यापी सुनको माग वार्षिक आधारमा ३ प्रतिशतले बढेको छ ।
शीर्षमा आरबीआईको सुन भण्डार
आरबीआईको सुन भण्डार ८ सय टनभन्दा माथिको अहिलेसम्मकै शीर्षमा छ । यो वर्ष आरबीआईले कुल १८.५ टन सुन खरिद गरेको छ । अप्रिल सुरुमा रिजर्भ बैंकसँग ८ सय २२ टन सुन भण्डार थियो । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.