उत्तरी म्यान्मामा ४ लाख बढी उत्तेजक ट्याब्लेट बरामद

  २०८१ वैशाख २८ गते १८:०२     विकासन्युज


याङ्गुन । म्यान्माका अधिकारीहरूले उत्तरी म्यान्माको काचिन राज्यमा ४ लाख ५४ हजार १ सय उत्तेजक ट्याब्लेट बरामद गरेको केन्द्रीय कमिटी फर ड्रग एब्युज कन्ट्रोल (सिसिडिएसी) ले शुक्रबार एक विज्ञप्तिमा जनाएको छ ।

सूचनाका आधारमा लागुऔषध विरुद्धको प्रहरीले गत मे ६ मा काचिन प्रदेशको मोहनिन नगरपालिकामा एउटा गाडीलाई रोकेर लागुऔषध र तीनवटा मोबाइल बरामद गरेको थियो ।

बरामद लागुऔषधको मूल्य ५८ करोड १० लाख क्याट्स (करिब तीन लाख २४ हजार दुई सय ८५ अमेरिकी डलर) रहेको छ । यस मुद्दामा तीन संदिग्धलाई पक्राउ गरिएको सिसिडिएसीले बताएको छ ।

उनीहरूलाई मुलुकको लागुऔषध र साइकोट्रोपिक पदार्थ कानुनअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको बताइएको छ । एजेन्सी