२०८१ जेठ ८ गते १७:२१ विकासन्युज
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङले प्रदान गर्दै आइरहेका विभिन्न सेवाहरू थप नयाँ स्वरूपबाट प्रवाह गर्न लागेको छ । नयाँ स्वरूप अन्तर्गत कम्पनीको नयाँ लक्ष्य, बृहत दृष्टिकोण र नयाँ मान्यतालाई अगाडि सारेर थप उत्कृष्ट सेवा प्रदान गर्न लागेको बैंकले जनाएको छ ।
एसबिआईले विश्वसनीय, व्यावसायिक र ग्राहक केन्द्रित विश्वस्तरीय मर्चेण्ट बैंकिङ र लगानी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । गुणस्तरीय सेवा, पारदर्शिता, नैतिकता, शिष्टता र सभ्यता तथा धैर्यतालाई आत्मसाथ गरी ग्राहकमैत्री सेवालाई थप विशिष्ट बनाइएको बैंकले जनाएको छ ।
भारतीय स्टेट बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडबीच साझेदारी भएसँगै प्रमुख लक्ष्य परियोजनामा लगानी, नेपालका व्यापारिक संघ संस्थासँग सहकार्य गरी विशिष्ट वित्तीय परामर्श सेवा प्रवाह गर्ने बैंकको लक्ष्य छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.