सिटिजन्स बैंकका ग्राहकलाई आइएनजीए सपिङ कमप्लेक्समा छुट

  २०८१ जेठ ९ गते १२:०१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र आइएनजीए सपिङ कमप्लेक्सबीच समझदारी भएको छ । बैंक र तिलोत्तमा, मनिग्रामस्थित आइएनजीए सपिङ कमप्लेक्स प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले आइएनजीए सपिङ कमप्लेक्समा १० प्रतिशतसम्मको छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरु सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।