२०८१ जेठ १३ गते १२:१० विकासन्युज
काठमाडौं । अहिले काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । वर्षाका कारण मौसम प्रतिकूल बनेकाले आन्तरिक तथा वाह्य उडान प्रभावित बनेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलीटी कम भएका कारण चीनबाट आएको एयर चाइनाको जहाज उतै डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ ।
अहिले स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज नेपाली आकासमा होल्ड भइरहेका छन् । मौसमका कारण आन्तरिक उडानका जहाज पनि होल्ड गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.