२०८१ जेठ १४ गते ७:४९ विकासन्युज
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थाका विद्यमान संस्थापक सेयरधनीले आवश्यक कागजातसहित आफूले खरिद गर्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाई ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलाञ्चाेकमा निवेदन दिनुपर्नेछ ।
सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बताइएको छ ।
तोकिएको समयभित्र खरिद आवेदन नपरे प्रचलित नियमानुसार अन्य व्यत्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.