२०८१ जेठ १५ गते १६:४३ विकासन्युज
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी गर्न ‘सोभिरियन्ट वेल्थ फण्ड’ स्थापना गर्ने बताएका छन् ।
अर्थमन्त्री पुनले मंगलबार संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगानी गर्न ‘सोभिरियन्ट वेल्थ फण्ड’ स्थापना गरिने बताएका हुन् ।
उनले ब्याज अनुदान सम्बन्धि अनुदान तथा सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका छन् ।
उनले डिजिटल, घुम्ती र मोबाइल बैंकिङलाई प्रोत्साहन गर्ने बताएका छन् । उनले बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा खोल्ने, राष्ट्र बैंक, धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको नियामकीय व्यवस्थालाई थप प्रभावकारी बनाउने पनि बताएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.