डिजिटल नेपाल कन्क्लेभ आयोजना हुँदै, डिजिटलाइजेसन र विकासमा जोड दिइने

  २०८१ जेठ २३ गते १३:४८     विकासन्युज

काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ २०२४ आयोजना हुने भएको छ । जेठ २५ गते शुक्रबार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ ।

आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल नेपाल कन्क्लेभ २०२४ को मुख्य थिम ‘हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट’ रहेको छ । एनसेल, युकेएड र एसिया फाउण्डेसन सहित विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सस्थाहरुको सहकार्यमा आयोजना हुने कन्क्लेभमा ७ सेसनमा ५० बढि विशिष्ट र विज्ञहरु रहेका छन् ।

काठमाडौं म्यारियट होटलमा आयोजना हुने कार्यक्रमको उद्घाटन सम्माननिय प्रधानमन्त्रीले गर्नेछन् भने समापनको पावर संवादमा केपी शर्मा ओलीको सहभागिता हुनेछ । यसैगरी सञ्चारमन्त्री र अर्थमन्त्रीको पनि विशेष सेसनहरु रहेको आयोजक आइसिटी फाउण्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

कन्क्लेभमा डिजिटल नेपालको लागि नविनत प्रविधिहरु तथा इनिसिएटिभ्सहरुलाई प्रस्तुती र प्रोजेक्ट शोकेसको पनि अवसर प्रदान गरिएको छ । लगभग २० वटा डिजिटल इनिसिएटिभ्सहरु शोकेसमा रहने आयोजकले जानकारी दिएको छ ।

हार्मोनाइजिङ डिजिटलाइजेसन एण्ड डेभलपमेन्ट थिममा केन्द्रित हुने तेस्रो संस्करणको कन्क्लेभमा डिजिटल सार्वजनिक पूर्वाधार, दिगो दूरसञ्चार र नीति, डिजिटल इम्पावरमेन्ट एण्ड इन्कु जन, डिजिटल गभर्नेसन्स र डेटा फर डेमलपमेन्ट, डिजिटल इकोनोमी र इन्भेष्टमेन्ट, डिजिटल लिडरसीप र डिजिटल रुपान्तरणमा अबको दिशा लगायतका विषयहरुमा सेसन र प्रस्तुतिहरू रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.