भारतको जीडीपी ७.२ प्रतिशत हुने प्रक्षेपण

  २०८१ जेठ २७ गते १३:५५     विकासन्युज

काठमाडौं । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) ले सन् २०२४/२५ मा भारतको कुल ग्राह्यस्थ उत्पादन (जीडीपी) वृद्धदर ७.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

ग्रामीण क्षेत्रहरूमा बढ्दो खपत र मागको पुनरुत्थानलाई उद्धृत गर्दै आरबीआईले जीडीपी वृद्धिदर ७ प्रतिशतबाट बढेर ७.२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो ।

आरबीआईले देशको कुल गार्हस्थ्य उत्पादन अनुमानमा वृद्धि गरेको यो लगातार चौथो पटक हो । अर्थतन्त्रको मोर्चामा निरन्तर राम्रो तथ्यांक र मुद्रास्फीति नियन्त्रणमा रहेको कारण विश्वभरिका धेरै रेटिङ एजेन्सीहरूले चालू आर्थिक वर्षमा भारतको वृद्धिदर पनि बढाएको जनाइएको छ ।

आरबीआईका गभर्नर शक्तिकान्त दासले जीडीपी पहिलो त्रैमासमा ७.३ प्रतिशत, दोस्रोमा ७.२ प्रतिशत, तेस्रोमा ७.३ प्रतिशत तथा अन्तिम त्रैमासमा ७.२ प्रतिशत हुने अनुमान गरेका थिए । एजेन्सी