आईएमई लाइफको सातौं वार्षिक साधारण सभा आज

  २०८१ जेठ २८ गते ७:५६     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा आज बस्दैछ ।

काठमाडौं नक्सालस्थितआम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेदेखि सभा सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब रुपैयाँ २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१५८ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।

साथै, सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण सेयरधनी समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।