निर्देशक लालसहित तीन जनाले पाए बीमा प्राधिकरणबाट अवकाश

  २०८१ जेठ ३२ गते १३:२५     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट तीन जना कर्मचारीले अवकाश पाएका छन् । निर्देशक दिनेश कुमार लालसहित तीन जना कर्मचारीले आज (जेठ ३२ गते) बाट अवकाश पाएका प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार निर्देशक लालसहित उपनिर्देशक कुशुम शर्मा र सहायक निर्देशक सुनिता कार्कीले अवकाश पाएका हुन् । लाल र कार्की प्राधिकरणको केन्द्रीय कार्यालयमा कार्यरत थिए भने शर्मा बिरगन्ज शाखा प्रमुख थिए ।

तीनै जनाले ३० वर्षे सेवा अवधि पुरा गरी प्राधिकरणबाट अवकाश पाएका हुन् ।

केही दिनअघि कार्यकारी निर्देशक राजुरमण पौडेलले पनि अवकाश पाएका थिए । उनले ७ वर्षे कार्यकाल पुरा गरी कार्यकारी निर्देशक पदबाट प्राधिकरणबाट अवकाश पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.