२०८१ जेठ ३२ गते ९:४० विकासन्युज
काठमाडौं । संयुक्त राज्य अमेरिका र इजिप्टले आठ कोष सम्झौतामा हस्ताक्षर गरेका छन् । जस अन्तर्गत अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी एजेन्सी (युएसएआइडी) ले इजिप्टको विकासमा सहयोग गर्न इजिप्टलाई १३० मिलियन अमेरिकी डलरको अनुदान उपलब्ध गराउनेछ ।
इजिप्टको राजधानी कायरोमा इजिप्टका अन्तर्राष्ट्रिय सहयोगमन्त्री रानिया अल–मशात र इजिप्टका लागि अमेरिकी राजदुत हेरो मुस्तफा गर्गले सम्झौतापत्रमा हस्ताक्षर गरे । मशातले विकास अनुदानहरू समावेशी आर्थिक सुशासन, शिक्षा, स्वास्थ्य, कृषि व्यवसाय विकास, जलवायु कार्य, र पानी व्यवस्थापन समाधानलगायत धेरै प्राथमिकताका क्षेत्रहरूमा निर्देशित गरिने बताए ।
इजिप्टमा रहेको अमेरिकी दुतावासले सबै इजिप्टवासीहरूका लागि आर्थिक अवसर सिर्जना गर्न र अवस्था सुधार गर्न अमेरिकी सरकारको लामो समयदेखिको प्रतिवद्धता पुष्टि गरे ।
विगत केही वर्षहरूमा, इजिप्ट आयातका लागि आवश्यक विदेशी मुद्राको अभावबाट पीडित भएको छ । जसले स्थानीय मुद्राको अवमूल्यन र समानान्तर बजारको वृद्धिको कारणले गर्दा उच्च मुद्रास्फीति र सबैभन्दा धेरै जनसंख्या भएको अरब देशमा मूल्य महंगिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.