२०८१ असार ३ गते ११:५६ विकासन्युज
काठमाडौं । भारतीय व्यावसायिक घराना अडानी ग्रुपले भुटानमा ५७० मेगावाटको ग्रीन हाइड्रो प्लान्ट निर्माण गर्ने भएको छ ।
अडानी ग्रुपका मालिक गौतम अडानीले यस विषयमा केन्द्रित रहेर आइतबार भुटानका राजा जिग्मे खेसर नामग्याल वांगचुक तथा प्रधानमन्त्री दाशो शेरिंग तोबगेसँग भेटवार्ता गरेका छन् ।
भेटका क्रममा अडानीले भुटानको चुखा प्रान्तमा ५७० मेगावाटको हरित हाइड्रो प्लान्ट स्थापनाका लागि ड्रक ग्रीन पावर कर्पोरेशन लिमिटेडसँग सम्झौता गरेका छन् ।
अडानीले भेटघाटको फोटो एक्समा सेयर गर्दै भुटानका प्रधानमन्त्री र राजासँगको भेटघाट विशेष रहेको र भुटानको उर्जा क्षेत्रमा मिलेर काम गर्न उत्साहित रहेको बताएका छन् ।
यसअघि अडानी ग्रुपले श्रीलंकाको नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । एजेन्सी
Copyright © 2025 Bikash Media Pvt. Ltd.