परिवारको साथमा प्रभु महालक्ष्मीको वैभव जीवन बीमा योजना

  २०८१ असार ६ गते १८:४६     विकासन्युज

काठमाडौं । मान्छे आफू र आफ्नो परिवारलाई सदैव सुखी राख्न चाहन्छ । आफ्नो र परिवारको आर्थिक अवस्था बलियो बनाउन विभिन्न आय आर्जनको काम गरिरहेको हुन्छ । साथै भविष्यमा कुनै पनि आर्थिक संकटबाट जोगिन विभिन्न आर्थिक योजना बनाएको हुन्छ ।

व्यक्ति आफ्नो स्वाभिमानमा बाँच्न, परिवारलाई आर्थिक संकटको सामनाबाट जोगाउन र असहज परिस्थितिमा समेत आर्थिक रूपमा अरूको भर पर्न नपरोस् भन्ने चाहन्छ । त्यसैलाई मध्येनजर गर्दै प्रभु महालक्ष्मी लाइफ इस्योरेन्सले व्यक्तिको जीवनमा भवितब्य आइपर्न सक्ने समस्या समाधानमा मलम लगाउन वैभव जीवन बीमा योजना सञ्चालन गरिरहेको छ । आफ्नो परिवारको खुसीका लागि गरेको अथक परिश्रम तथा मेहेनतबाट बनेको जिवनशैलीमा आउन सक्ने आर्थिक जोखिमबाट जोगिन प्रभु महालक्ष्मीको वैभव जीवन बीमा योजना एउटा माध्यम बन्न सक्ने देखिन्छ ।

बजारमा थुप्रै जीवन बीमा योजनाहरू उपलब्ध छन् र अधिकतम बीमा योजनाहरूमा बीमा अवधिको अन्तिमसम्म प्रिमियम भुक्तानी गरिरहनु पर्ने हुन्छ । जीवन बीमा गरिरहँदा कहिलेकाहीँ आर्थिक समस्या आउन सक्छ । सोही विषयलाई मध्यनजर गरी प्रभु महालक्ष्मीको वैभव जीवन बीमा योजना अन्तर्गत चालुरहेकै अवस्थामा रकम फिर्ता सुविधा प्राप्त गर्न सकिन्छ ।

वैभव जीवन बीमा योजनामा बीमा अवधि भित्र बीमितले बीमाङ्कको आंशिक रकम फिर्ता प्राप्त गर्ने भएकोले यो बीमा योजनामा व्यापारी वर्ग, छोरा छोरीको उच्च शिक्षामा लगानी गर्ने अभिभावक र भविष्यको आर्थिक योजना बनाई लगानि गर्न चाहने व्यक्ति विशेषलाई फाइदाजनक रहेको छ । यस बीमा योजनामा तालिका अनुसार फरक फरक बीमा अवधिमा बीमाङ्कको निश्चित प्रतिशत रकम फिर्ता हुन्छ ।

वैभव जीवन बीमा योजनाको प्रवेश उमेर न्यूनतम ११ वर्ष र अधिकतम ५८ वर्ष तोकिएको छ । यस्तै, उमेर समूहलाई ५८ वर्ष, ५५ वर्ष, ५२ वर्ष, ४९ वर्ष र ४६ वर्षमा विभाजन गरी बीमा अवधि क्रमशः १२ वर्ष, १५ वर्ष, १८ वर्ष, २१ वर्ष र २४ वर्ष बीमा अवधि रहेको छ ।

वैभव जीवन बीमा योजनामा न्यूनतम बीमाङ्क ५० हजार रुपैयाँ तोकिएको छ । साथै, व्यक्तिको आयस्रोतको आधारमा सो रकमभन्दा माथिको पनि बीमाङ्कको जीवन बीमा गर्न सकिन्छ । कम्पनीका अनुसार वैभव जीवन बीमा योजनाको प्रिमियम वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रूपमा भुक्तानी गर्न सकिनेछ ।

कम्पनीले प्रिमियम भुक्तानीका लागि छुटको समेत व्यवस्था गरेको छ । वार्षिक रूपमा प्रिमियम भुक्तानी गर्दा २ प्रतिशत र अर्धवार्षिक रूपमा भुक्तानी गर्दा १ प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार त्रैमासिक रूपमा भुक्तानी गर्दा छुट पाइने छैन भने मासिक रूपमा भुक्तानी गर्दा थप ५ प्रतिशत बीमा शुल्क लाग्दछ ।

साथै, बीमाङ्क रकमको आधारमा पनि छुट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । १ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्मको बीमाङ्क रकममा प्रतिहजार १ रुपैयाँ र २ लाख १ हजार रुपैयाँदेखि माथिको बीमाङ्क रकममा प्रतिशत २ रुपैयाँ छुट प्राप्त गर्न सकिन्छ ।

साथै यस योजनामा पूरक सुविधाहरु पनि लिन सकिने व्यवस्था रहेको छ । दुर्घटना लाभ, पूर्ण असक्त ÷अपाङ्ग तथा बीमा शुल्क छुट तथा घातक रोग रक्षावरण लाभ अतिरिक्त सुविधा लिन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।