नेक्सजेन म्यानेजमेन्ट र होटल सेभेनबीच सम्झौता, वित्तीय परामर्श र व्यवस्थापनमा सहकार्य गर्ने

  २०८१ असार ७ गते १४:३६     विकासन्युज

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र सौराहाको होटल सेभेन (साविक होटल सेभेन स्टार) बीच वित्तीय परामर्श र व्यवस्थापनको लागि सम्झौता भएको छ ।

नारायणहिटी उत्तर ढोकास्थित होटलको कर्पोरेट कार्यालयमा दुवै कम्पनीका उच्च पदाधिकारीको उपस्थितिमा बिहीबार उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा होटलका तर्फबाट अध्यक्ष हरिप्रसाद पाठक र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराई हस्ताक्षर गरेका छन् ।

चितवनको सौराहामा २०६७ सालमा ५२ कट्ठा जग्गामा निर्मित दुई तारे सुविधा सम्पन्न होटल सेभेनमा ४८ कोठा, स्विमिङ पुल, छुट्टै रेष्टुरेन्ट, तिनवटा सेमिनार हल रहेका छन् । चाँडै उक्त होटललाई पाँचतारेमा स्तरोन्नति गर्ने गरी तयारी भइरहेको छ ।

आउने वर्ष होटलको थप ३० वटा कोठा, सेमिनार हल, जीम क्लब, कन्टिनेन्टल रेष्टुरेन्ट बनाउने योजना रहेको र त्यसको लागि थप पुँजीको आवश्यकता पर्ने हुँदा सर्वसाधारणलाई सेयर जारी गर्ने होटलले योजना बनाएको अध्यक्ष पाठकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.