नेको इन्स्योरेन्सले हस्तान्तरण गर्‍यो एम्बुलेन्स

  २०८१ असार ९ गते ११:१५     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले एम्बुलेन्स सहयोग गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाइटी कपिलवस्तुको जिल्ला उपशाखा बाणगंगालाई एउटा एम्बुलेन्स सहयोग गरेको हो ।

कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नेपाल रेडक्रस सोसाइटी, वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सांसद विष्णु पन्थी, बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, नेको इन्स्योरेन्सका अध्यक्ष रमेश कुमार निरौला, प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको उपस्थिति रहेको थियो ।

उक्त एम्बुलेन्स नेपाल सरकारद्वारा राजस्व छुट प्राप्त हो । कम्पनीले तीन वर्षअघि सातै प्रदेशमा एम्बुलेन्स सहयोग गर्ने योजना बनाएको थियो । तर बाणगंगा नगरपालिकाको अथक प्रयासले एम्बुलेन्स हस्तान्तरण गर्न सफल भएको कम्पनीले जनाएको छ ।

देशको बीमा बजारमा विगत २९ बर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्सले आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दावी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानी लगायतका सूचकांकहरुमा उल्लेखनीय योगदान गर्दै आएको छ ।

कम्पनीले व्यवसायसँगै समाज सेवामा सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमहरू गर्दै आएको छ । यसअघि सिरहाको सामुदायिक अस्पताललाई यन्त्र–उपकरणको लागि सहयोग, बन्दीपुर तनहुँको सामुदयिक अस्पतालको भवन निर्माणको लागि सहयोग प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.