२०८१ असार ११ गते २०:३६ विकासन्युज
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा जीवन बीमा कम्पनीहरूले साढे ७ प्रतिशत बढाएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठसम्म १४ वटा जीवन बीमा कम्पनीहरूको व्यवसाय ७.२९ प्रतिशत बढेर १ खर्ब ३३ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।
प्राधिकरणका अनुसार बीमा कम्पनीहरूले समीक्षा अवधिमा १ करोड ४० लाख १२ हजार ३०२ वटा बीमालेख बिक्री गरी सो बराबर व्यवसाय आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले १ खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका थिए । गत वर्षको ११ महिनामा १ करोड ४० लाख ६९ हजार ९३७ वटा बीमालेख बिक्री गरेका थिए ।
समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा व्यवसाय विस्तार गरेको देखिन्छ । यस कम्पनीले गत वर्षको तुलनामा १५ प्रतिशत व्यवसाय वृद्धि गरेर ७ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै प्रभु महालक्ष्मी लाइफले १३.७२ प्रतिशत बढाएर ३ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्र्ब २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । यस्तै आइएमई लाइफले १३.६४ प्रतिशत वृद्धि गरेर ४ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको जेठमा कम्पनीले ३ अर्ब ५६ करोड रुपैयाँ बराबर व्यवसाय गरेको थियो ।
यस्तै नेशनल लाइफले १३.५७ प्रतिशत बढाएर १५ अर्ब ९८ करोड रुपैयाँ, रिलायबल लाइफले १२.३० प्रतिशत बढाएर ३ अर्ब ६९ करोड रुपैयाँ, हिमालयन लाइफले ११.५० प्रतिशत बढाएर १४ अर्ब ६४ करोड रुपैयाँ, नेपाल लाइफले ९.८७ प्रतिशत बढाएर ३५ अर्ब ५६ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको प्राधिकरणको तथ्याङ्क छ ।
सानीमा रिलायन्सको ९.५३ प्रतिशत बढेर ५ अर्ब ३२ करोड रुपैयाँ, सिटिजन लाइफको ९.३३ प्रतिशत बढेर ५ अर्ब २९ करोड रुपैयाँ, सूर्यज्योति लाइफको ६.८३ प्रतिशत बढेर ८ अर्ब ६८ लाख रुपैयाँ, मेट लाइफको ६.५२ प्रतिशत बढेर ५ अर्ब ८ करोड रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालको २.६५ प्रतिशत बढेर १५ अर्ब ८९ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय आर्जन गरेका हुन् ।
समीक्षा अवधिमा दुई कम्पनीको बीमाशुल्क आर्जन भने गत वर्षको तुलनामा घटेको देखिन्छ । सन नेपाल लाइफको ०.९० प्रतिशत घटेर ३ अर्ब ३९ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमाको २४.२८ प्रतिशत घटेर ५ अर्ब ९५ करोड रुपैयाँ बराबर बीमा व्यवसाय गरेका हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.