हिमालयन एभरेष्टको निमित्त सीईओ बनिन् अञ्जु श्रेष्ठ

  २०८१ असार १३ गते १७:१२     विकासन्युज

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत (निमित्त सीईओ)मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् ।

कम्पनी सञ्चालक समितिको बुधबार (असार १२ गते) बसेको बैठकले असार १३ गतेदेखि लागु हुने गरी निमित्त सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले जानकारी दिए ।

लामो समयदेखि बीमा क्षेत्रमा आवद्द श्रेष्ठ साविक हिमालयन जनरल इन्स्योरेन्समा विभिन्न पद रहेर काम गरेकी हुन् । उनको पुनर्बीमामा विशेष दख्खलता रहेको छ ।

सञ्चालक समितिले सीईओ विजय बहादुर शाहलाई पदमुक्त गरेपछि श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिइएको हो । उनी हाल नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा कार्यरत छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.