इजिप्ट र ईयूबीच ३३ अर्ब डलरको लगानी सम्झौता

  २०८१ असार १८ गते ११:१२     विकासन्युज

काठमाडौं । दुई दिने इजिप्ट-युरोपियन लगानी सम्मेलन आइतबार कायरोमा सम्पन्न भएको छ । दुवै पक्षले दशौं अर्ब अमेरिकी डलरको लगानी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कायरोमा इजिप्ट-ईयू लगानी सम्मेलनको छेउमा इजिप्टको सार्वभौम कोष र स्वेज नहर आर्थिक क्षेत्र (एससीजोन) ले युरोपेली र अन्य विकासकर्ताहरूसँग हरित अमोनियाको क्षेत्रमा करिब ३३ अर्ब डलर बराबरको चार सम्झौतामा हस्ताक्षर गरेकाे इजिप्टको मन्त्रिपरिषद्ले बताएको छ ।

११ अर्ब डलरको पहिलो सम्झौता जर्मन कम्पनीसँग र दोस्रोमा ४ अर्ब २५ करोड डलरको भारतको ओसियर इनर्जीसँग हस्ताक्षर भएको थियो । ३ अर्ब ४६ करोड डलर बराबरको तेस्रो सम्झौता इजिप्टको अरेबिया र फ्रान्सेली कम्पनी भोल्टालियासँग र चौथोमा १४ अर्ब डलरको बेलायतको बीपी, संयुक्त अरब इमिरेट्सको मस्दार, इजिप्टको हसन अल्लाम युटिलिटीजसँग हस्ताक्षर भएको थियो ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले सम्मेलनको उद्घाटनमा आफ्नो भाषणमा युरोपेली कम्पनीहरूले इजिप्टका साझेदारहरूसँग २० वटा नयाँ सम्झौतामा हस्ताक्षर गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.