यी हुन् कामदारका लागि संसारकै महँगा सहर

  २०८१ असार १८ गते १६:५४     विकासन्युज

काठमाडौं । अहिले पूरै विश्व नै एउटा गाउँ (ग्लोबल भिलेज) मा परिणत भएको छ । संसारको एक कुनामा जन्मेर हुर्केका मानिस रोजगारीका लागि अर्को देश जान्छन् । के तपाईलाई थाहा छ अन्तर्राष्ट्रिय कामदारहरूको लागि संसारको सबैभन्दा महँगो र सस्तो सहर कुन हो ?

संसारको सबैभन्दा महँगो र सस्तो सहरबारे हालै मर्सरले ‘कस्ट–अफ–लिभिङ’ तथ्यांक प्रतिवेदन सार्वजनिक गरेको छ ।

यी हुन् संसारका तीन महँगा सहर

मर्सरको प्रतिवेदन अनुसार सन् २०२४ मा हङकङ, सिंगापुर र स्विट्जरल्यान्डको जुरिच अन्तर्राष्ट्रिय कामदारका लागि सबैभन्दा महँगो सहर बनेका छन् । तीनवटै सहरले मर्सरको वरीयतामा गत वर्षको तुलनामा आफ्नो स्थान कायम राखेका छन् ।

अर्कातर्फ, सबैभन्दा सस्तो लागत पर्ने सहरहरू इस्लामाबाद, लागोस र अबुजा हुन् । प्रतिवेदनका अनुसार हङकङ र सिंगापुरबाहेक एसियाका अन्य महँगा सहरहरूमा सांघाई (२३), बेइजिङ (२५) र सियोल (३२) पर्छन् । गत वर्ष पनि यी सहरहरू संसारकै सबैभन्दा महँगा सहरको सूचीमा परेका थिए ।

एसियाका महँगा केही सहरको सूचीमा कराची (२२२), बिस्केक (२२३) र इस्लामाबाद (२२४) छन् ।

यो सूचीमा भारतको मुम्बई सबैभन्दा महँगो

यो सूचको १३६औं स्थानमा रहेको भारतको मुम्बई सबैभन्दा महँगो सहर बनेको छ । राष्ट्रिय राजधानी नयाँदिल्ली पनि मुद्रास्फीतिमा पछाडि छैन । यो वर्ष ४ स्थान माथि उक्ल्दै १६५औं स्थानमा पुगेको छ ।

सूचीमा अन्य भारतीय सरहरू चेन्नई (१८९), बेंगलुरु (१९५), हैदराबाद (२०२), पुणे (२०५) र कोलकाता (२०७) पर्छन् ।

महँगो सहरको मापन के हो ?

प्रतिवेदनका अनुसार महँगो आवास बजार र यातायात, सामान र सेवाहरूको बढ्दो लागत विशेषगरी शीर्ष स्थानका सहरहरूमा जीवनयापनको लागत उच्च हुनु कारणहरू हुन् ।

यो प्रतिवेदन तयार गर्न विश्वका २ सय २६ सहरको विश्लेषण गरिएको थियो । यसमा प्रत्येक स्थानमा यातायात, खाना, लत्ताकपडा, घरायसी सामान र मनोरञ्जन जस्ता २ सयभन्दा बढी वस्तुहरूको लागत तुलना गरिएको थियो ।

१० सबैभन्दा महँगो सहरमा अधिकांश युरोपेली

युरोपेली सहरहरू बस्नका लागि शीर्ष १० सबैभन्दा महँगो ठाउँमा समावेश छन् । चार स्विस सहरबाहेक लन्डन शीर्ष १० वरीयतामा आठौं स्थानमा सामेल छ ।

यस क्षेत्रका अन्य महँगा सहरहरूमा कोपेनहेगन (११), भियना (२४), पेरिस (२९) र एम्स्टर्डम (३०) पर्छन् ।

प्रतिवेदनमा भनिएको छ दुई सबैभन्दा किफायती सहर लागोस ९२२५० र अबुजा ९२२६० हुन् । दुवै नाइजेरिया (अफ्रिकी महाद्वीपमा) मा अवस्थित छन् ।

दुबई पश्चिम एसियाकै महँगो सहर

यस वरीयतामा दुबई अन्तर्राष्ट्रिय कर्मचारीहरूका लागि मध्यपूर्व वा पश्चिम एसियाको सबैभन्दा महँगो सहर बनेको छ । यो सहर अहिले विश्वभरि १५औं स्थानमा छ, जुन २०२३ बाट तीन स्थान माथि उक्लिएको हो ।

यस क्षेत्रको दोस्रो सबैभन्दा महँगो सहर तेल अभिभ हो, जुन आठ स्थान झरेर १६औं स्थानमा छ । तेलअभिभपछि अबुधाबी ४३औं, रियाद ९०औं र जेद्दा ९७औं स्थानमा छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.