२०८१ असार १९ गते १४:२२ विकासन्युज
काठमाडौं । सरकारले देशभरिका विभिन्न २३ निर्माण व्यवसायीहरूको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ ।
सार्वजनिक निर्माण कार्य प्रायोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट इजाजतपत्र लिएका निर्माण व्यवसायीले निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपधारा ३ बमोजिम आर्थिक वर्ष २०८०/०८१ का लागि २०८० चैत मसान्तसम्म इजाजतपत्र नवीकरण नगरेपछि उनीहरूको इजाजतपत्र स्वतः खारेज भएको हो ।
लाइसेन्स खारेज हुनेमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि (ललितपुर), हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी प्रालि (ललितपुर), भूमि इन्फ्रास्ट्रक्चर प्रालि (विराटनगर) र मदन कन्स्ट्रक्सन प्रालि (धनकुटा) छन् ।
त्यस्तै, असन बालकुमारी कन्स्ट्रक्सन (काठमाडौं), ढोफिर्दी निर्माण सेवा (तनहुँ), दि राइजिङ कन्स्ट्रक्सन (पोखरा), सिरोहिया कन्स्ट्रक्सन (धनुषा), त्रिशूल निर्माण सेवा (दमक) को पनि लाइसेन्स खारेज गरिएको छ ।
सूची
Copyright © 2024 Bikash Media Pvt. Ltd.