प्लस टुमा इन्टर्नसिप गर्ने एक मात्र शैक्षिक संस्था ‘आइएसटी कलेज’

  २०८१ असार २२ गते १०:३२     विकासन्युज

काठमाडौं । पढेर काम गर्ने भन्दा पढ्दै कमाउँदै गर्ने विषय आजभोलि विद्यार्थीको रोजाइमा पर्छ । यस्ता विषय पढाइ गर्न हिमाल पहाडका विद्यार्थी अहिले शहरमा छिरिरहेका छन् ।

एसइईईपछि अथवा प्लसटुमै पनि काम गर्दै, कमाउँदै गर्न सकिने केही विषय मध्येको एउटा हो होटेल म्यानेजमेन्ट । पढाइसँगै काम गर्न मिल्ने अनि, देश विदेश  जहाँ पनि राम्रो आम्दानी गर्न सक्ने विषय हो होटेल म्यानेमेन्ट ।

आजभोलि विद्यार्थीको आर्कषण यसमा बढ्दैछ । विदेशमा मात्र होईन नेपालमै पनि होटेल म्यानेजमेन्ट पढेका विद्यार्थीले राम्रो कमाइ गर्न सक्छन् ।

विद्यार्थीहरुको रुचिलाई ध्यान दिदै एसईई पछि कक्षा ११ र १२ मा होटेल म्यानेजमेन्ट पाढाउने विद्यालयको संख्या पनि धेरै छ । प्लसटुमा नै विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्थासहित सञ्चालनमा आएको एउटा उत्कृष्ट शैक्षिक संस्था हो आइएसटी कलेज ।

यो कलेजले प्लस टु अध्ययनको लागि आइएसटी सेकेण्डरी स्कूल सञ्चालनमा ल्याएको छ । जहाँ एसईईपछि कक्षा ११ र १२ मा व्यवस्थापन संकाय अन्तरगत होटल मेनेजमेन्ट, कम्पुटर साईन्स, टुरिजम मेनेजमेन्ट, जनरल मेनेजमेन्टका बिषयहरु पढाई हुन्छन् ।

आइएसटी कलेजले करिब दुई दशकदेखि हस्पिटालिटी क्षेत्रका लागि योग्य जनशक्ति उत्पादन गर्दै आएरहेको छ । यहाँ टुरिजम र हस्पिटालिटी क्षेत्रमा नव आयाम सहित अन्तराष्ट्रिय स्तरका कोर्सहरु पनि सञ्चालन हुँदै आएका छन् ।

यो स्कुलमा होटल मनेजमेन्टमा अध्ययन गर्नेले भोकेशनल सर्टिफिकेट समेत प्राप्त गर्नेछन् भने कम्पुटर अध्ययन गर्ने बिद्यार्थीहरुले NCC Education Uk को अतिरिक्त बिषयहरु साईबर सेकुरिटी र डाटा साईन्सको पनि अध्ययन गर्न पाउँछन् ।

भौतिक संरचनाको राम्रो व्यवस्था

विद्यार्थीलाई स्कुलमा राम्रो पढाइसँगै भौतिक संरचनाको पनि आवश्यक पर्छ । यो स्कुलले यसमा पनि ध्यान दिएको छ । यहाँ विद्यार्थीको लागि पर्याप्त पार्किङ्ग छ भने खेलकुदका लागि विभिन्न खैल मैदान पनि उपलब्ध छन् ।

राम्रो र शान्तपूर्ण वातावरणमा सम्पूर्ण भौतिक सुबिधाहरु पनि छन् । कम्पुटर ल्याब, प्रयोगात्मक भान्सा, प्रयोगात्मक रेष्टुरेन्ट, बेकरी, बार, हाउस किपिङ, मोक रुम, वारिस्ता, पुस्तकालयपनि सूविधा छ ।

उत्कृष्ट शिक्षाका लागि यस बिद्यालयमा विषय अनुसारका दक्ष शिक्षकहरुले अध्यापन गराइरहेका छन् । आईएसटीले विद्यार्थीलाई जिज्ञासु र जागरुक बनाउन विषय अनुसार प्रयोगात्मक अभ्यासलार्ई उच्च प्राथमिकतामा राख्ने गरेको छ ।

इन्टर्नसिपको पनि व्यवस्था
अन्य विद्यालय भन्दा आइएसटीले फरक तरिकाबाट विद्यार्थीलाई अध्ययन अध्यापन गराउदै आएको छ । यहाँ अध्ययनरत विद्यार्थीले कक्षा १२ को अन्तिम परिक्षा दिए लगत्तै व्यावसायिक एवं व्यावहारिक ज्ञान सिकाइन्छ ।

जसका लागि होटल मेनेजमेन्टका विद्यार्थिहरुलाई ४ तारे होटलमा ३ देखि ६ महिना इन्टर्नसिपमा पठाउने गरिन्छ भने कम्पुटर साईन्सका बिद्यार्थिहरुलाई आइटी सम्बन्धित काम गर्ने टेक कम्पनिहरुमा पठाउने गरिन्छ ।

कम्पुटर साईन्सका विद्यार्थीले ४ देखि ६ महिनाको इन्र्टनशीपमा पठाउने व्यवस्था विद्यालयले गरेको छ । प्लस टु लेभलमा नै ईन्र्टशीपको व्यवस्था गर्ने नेपालको एक मात्र विद्यालय रहेको कलेजको दाबी छ ।

व्यवहारिक सिकाइ
आइएसटी सेकेण्डरी स्कूल योग्य जनशक्ति तयार गर्ने विद्यालयको रुपमा अगाडी बढेको छ । यहाँ विद्यार्थीलाई पढाइसँगै अन्य क्रियाकलापमा पनि सहभागी गराइन्छ ।

बिद्यार्थिमा पढाईको अलावा व्यवहारिक सिप र ज्ञानमा पनि उत्तिकै महत्वका साथ गर्दै आएको कलेजले बताएको छ । साथै अतिरिक्त क्रियाकलापहरु अध्यन भ्रमण, सीएसअार, फुटसन टुर्नामेन्छ बैंक्वट कजलको पनि व्यवस्था गरेको छ ।

त्यसैले यस विद्यालयमा प्लस टु लेभलमा अध्ययन पुरा गरिसकेपछि विद्यार्थिहरुले विभिन्न होटलमा गएर इन्ट्रिलेभलका काम गर्न सक्षम हुनेछन् ।

धेरैको बुझाइ होटेल म्यानेजमेन्ट भन्ने वित्तिकै खाना पकाउन सिकाउने मात्र हो भन्ने बुझन्छ । तर होटेल म्यानेजमेन्ट पढाइदै आएका कलेज विद्यालय यसलाई प्राविधिक विषय भएको बताउँछन् ।

यसले पर्यटकको आथित्य सत्कार कसरी गर्नुपर्छ, कसरी खान बस्न व्यवस्था मिलाउनुपर्छ भन्ने विषयमा पनि विद्यार्थीलाई जानकारी मिल्छ । यो कोर्स प्लसटु देखि व्याचलर्सतहमा पनि पढाइ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.