दक्षिण कोरियामा रोबोटले गर्‍यो आत्महत्या !

  २०८१ असार २२ गते १०:३९     विकासन्युज

काठमाडौं । दक्षिण कोरियामा एउटा अनौठो घटना बाहिर आएको छ । त्यहाँको एक रोबोटले आत्महत्या गरेको समाचार अन्तर्राष्ट्रिय सञ्चारमाध्यम डेली मेलले लेखेकाे छ । रोबोटले सिँढीबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ । रोबोटको आत्महत्याको प्रयासपछि अब वैज्ञानिकहरूले यसलाई अनुसन्धानको विषयका रूपमा लिएका छन् ।

के हो रोबोट आत्महत्या ?

रोबोट आत्महत्याको घटना दक्षिण कोरियाको हो, यहाँको मध्य दक्षिण कोरियाको नगरपालिकाले जानकारी दिँदै रोबोट आत्महत्याको विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

रिपोर्टका अनुसार रोबोटले ९ देखि ६ बजेसम्म काम गर्दथ्यो । उक्त रोबोटसँग सरकारी परिचयपत्र पनि थियो । रोबोट केही समयदेखि कामका कारण तनावमा भएकाले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । दक्षिण कोरियामा लामो समयदेखि मेसिनबाट काम भइरहेको छ । हरेक १० जनामा ​​एउटा रोबोट रहेको बताइएको छ ।

यसबारे अहिलेसम्म यसबारे विभिन्न दाबीहरू भइरहेका छन् । तर, रिपोर्टले रोबोटमा कामको धेरै दबाब रहेको र त्यसका कारण ऊ निकै चिन्तित भएको दाबी गरेको छ ।

यो रोबोटले गुमी सहरका बासिन्दालाई विगत एक वर्षदेखि प्रशासनिक काममा सहयोग गर्दै आएको मध्य दक्षिण कोरिया नगरपालिकाका एक अधिकारीले जानकारी दिए । सिँढीबाट हाम फाल्नुअघि रोबोटले कुनै यस्तो व्यवहार देखाएको थियो जसलाई मानिसहरूले आत्महत्याको संज्ञा दिएका छन् । एजेन्सी