२०८१ असार २६ गते ७:४४ विकासन्युज
काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया जानेहरूको भाषा परीक्षा असोजमा हुने भएको छ । ईपीएस कोरिया शाखाले जारी गरेको सूचनाअनुसार परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुनेछ ।
परीक्षा दिनेले साउन ७ गतेदेखि ११ गतेसम्म फाराम भर्नुपर्ने छ । परीक्षाको नतिजा प्रकाशन असोज २१ गते हुनेछ ।
शाखाले आवेदनको सूचना सार्वजनिक गरी विभिन्न योग्यता निर्धारणसमेत गरेको छ । जसमा १८ वर्ष पूरा भइ ३९ वर्ष ननाघेको हुनुपर्नेलगायत प्रावधान राखिएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.